कोरोना पूर्बसतर्कता स्याङ्जा जिल्लामा आज राती १० बजेबाट निषेधाज्ञा जारी

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जा जिल्लामा आज राती १० बजेबाट निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस कोभिड १९ सङ्क्रमणको जोखिमबाट जिल्लालाई जोगाउने रणनीति अनुशार स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निषेधाज्ञा जारी गर्नु भएको हो ।
अव अन्य जिल्लाबाट स्याङ्जा जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकलको आवागमन आज राति १० बजेपछि बन्द हुनेछन् । मालवाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परीक्षण गरेपछि जिल्लामा प्रवेश दिईनेछ ।
स्थानीय प्रशाशन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्ला भर निषेधाज्ञा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ । अव जिल्लामा अत्यावश्यक सामाग्रीका पसल बाहेक अन्य पसलहरु खोल्न पाईनेछैन त्यस्तै समुहमा मान्छे जम्मा हुने कार्य समेत पूर्ण रुपमा निषेधित रहनेछ । यसको उल्लङ्घन गरेमा कारवाही गरिने प्रशाशसनले जनाएको छ ।

समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…