स्याङ्जामा गोली लागेर प्रहरी हवल्दारको ज्यान गयो ।

आँधीखोला खबवर :
स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार रविन्द्र पौडेलको ज्यान गएको छ । हरिनास गाउँपालिकाको चिसापानीमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार पौडेलको गोली लागेर ज्यान गएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो । बन्दुकमा गोली लोड गर्ने क्रममा अचानक पड्कीदा घाईते भएका अन्दाजी ३६ बर्षका पौडेलको उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो । पोखरा २६ घर एक पौडेल सेवा निबृत हुने तयारीमा रहेको परिवारले जनाएको छ । घटनाबारे अनुसन्धान शुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपीको टोली त्यसतर्फ गएको बताईको छ । थप बिबरण आउन बाँकी….
स्यांग्जामा कोरोनाको अवस्था :
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…