सवारी चालकहरु डराएपछि कोराना संक्रमित युवती चढेको जहाजका यात्रु खोज्न सिडिओ आफै गाउँमा


राधाकृष्ण डुम्रे/स्याङ्जा :
कोराना संक्रमण देखिएकी युवतीसँगै जहाज चढेर स्याङ्जाका छ जना यात्रु पनि आएको भन्ने समाचार बाहिरिएसँगै स्याङ्जामा त्रास र डरको अवस्था आयो । उनीहरु ६ जना कै नागरिकता नम्वर बाहेक अरु कुनै ठेगाना सम्पर्कका लागि उपलव्ध थिएन । गृहमन्त्रालयले पठाएको पत्रमा ६ जनाको नाम र नागरिकता नम्वर मात्रै प्राप्त भयो त्यसपछि हामीहरुले उनीहरुको बिबरण खोज्न थाल्यौं स्याङ्जाका प्रजिअ राम बहादुर कुरुम्बाङले भन्नुभयो, ६ जनाको बिबरण खोजि गरी सम्पर्क गर्दा सबै तिर छरिएको पायौं त्यसपछि हामी उनीहरुलाई क्वारेन्टाईन्मा ल्याउन झनै सक्रिय भयौं ।

जव सरकारी गाडीका चालक मात्रै होईन एम्वुलेस चालक समेत यात्रु लिन जान डराए :
यात्रुको खोजबिन चलिरहेकै बेलामा जव टक्सारमा रहेका एक जना यात्रुलाई लिन जानु पर्ने अवस्था आयो तव स्याङ्जा सदरमुकाममा रहेका सरकारी गाडीका र एम्वुलेन्सका चालक सबै भागाभाग भए, गाउँमा रहेका यात्रुलाई लिन जान कोही तयार भएनन् । प्रजिअ कुरुम्बाङ्सँगै रहेका रेडक्रस स्याङ्जाका मन्त्री भन्नुहुन्छ, “उहाँले यती छिटो र सहज रुपमा निर्णय गर्नु भयो कि अव गाउँमा यात्रु लिन म नै जानु पर्ने भयो ।” मन्त्री अर्यालले थप्नुभयो, “हामी समेत हेरेको हेर्यै भयौं सवारी त छन् तर चालक कोही छैनन् सबै गायव भईसके, रेडक्रसमा लागेर बर्षौ सम्म सेवा गरिसकेको व्यक्ति भएकाले मैले पनि प्रजिअलाई सँगै गएर सहयोग गर्ने निर्णय गरे मन्त्री अर्यालले भन्नुभयो ।”
सवारी चालकलाई कारवाही गर्न निर्देशन :
गाउँ जान नमान्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका सवारी चालकलाई प्रजिअ कुरुम्बाङले कारवाही गर्न निर्देशन दिनुभएको छ । उहाँले सवारी चालकलाई भोलिबाट काममा नआउनु भन्दै कारवाहीका लागि प्रक्रिया शुरु गर्न कोलेनिकाका प्रमुखलाई निर्देशन दिनुभएको हो । सेवाबाट भाग्ने अन्य सवारी चालकलाई समेत कारवाही गरिने प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो ।

को कहाँ छन्, उनीहरुको अवस्था कस्तो छ :
युवती चढेर आएको जहाजमा सवार यात्रुहरुको सरकारले खोजी गर्ने क्रममा स्याङ्जाका छ जना पनि सँगै आएको पाइएको थियो ।
छ जना मध्ये हाल रुपन्देहीमा रहेका एक जना त्यहीको क्वारेन्टाईनमा बस्न भनियो, पोखरामा रहेका दुई जना मध्ये एक जनालाई स्याङ्जा ल्याईदैछ भने अर्का एक जना पोखरा कै क्वारेन्टाईनमा राखिएको छ । भिरकोटमा १ जना नजिकै भएकाले क्वारेन्टाईनमा आईहाले, टक्सारबाट ल्याईएका एक जनालाई पुतलीबजारमा रहेको क्वारेन्टाईन राखिएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।
फेदिखोलाका एक जनाको बारेमा अलि बढि ख्याल गर्नु पर्ने अवस्था आएको प्रशाशनको भनाई छ । किनकी ति यात्रुको परिवारमा सबैलाई ज्वरो आएकोे प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो । उहाँका अनुशार उनीहरु सबैको स्वाव लिएर परिक्षणको लागि आजै टेकु पठाईएको छ । त्यस्को नतिजा पर्सी सम्ममा आउने छ ।

तस्विर-सामाजिक सञ्जाल

प्रशासन, स्थानीयतह र रेडक्रसको सहकार्य :
जिल्लाको अवस्था सामान्य बनाई राख्न निक्कै सक्रिय रहनु भएका प्रजिअ कुरुम्बाङलाई रेडक्रस स्याङ्जाले निक्कै साथ दिएको छ । रेडक्रसका मन्त्री दिनेश अर्यालले कोरोना रोकथामका लागि बिभिन्न काम भईरहेको जानकारी दिदै प्रजिअसँगै गाउँ गाउँमा समेत पुगेको बताउनु भयो । त्यस्तै जिल्ला का ११ वटै स्थानीयतहले पनि कोरोनाको रोकथामका लागि निक्कै सक्रियता देखाएकाछन् । वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले भन्नुभयो, “हाम्रो टोली गाउँ गाउँमा सक्रिय छ । बिदेशबाट आएकाहरुको सबै बिबरण संकलन गरी उनीहरुको अवस्थाको जानकारी लिईसकिएको छ”नगर प्रमुख खाँणले भन्नुभयो । बिदेशबाट आएकाहरुलाई होम क्वारेन्टाईन्मा बस्न भनिएको छ र कुनै समस्या आएमा तत्कालै सम्पर्क गर्न समेत आग्रह गरिएको छ । उनीहरुलाई आवश्यक्ता अनुशार नगरपालिकाले बनाएको क्वारेन्टाईनमा राखिने बताईको छ ।
संक्रमित युवती र ६ यात्रुको सम्वन्ध :
संक्रमित युवतीसँगै एकै जहाजमा यात्रा गरेकाले उनीहरुको खोजि गरिएको हो । क्वारेन्टाईनमा राखिएको हो । उनीहरुमा त्यस्तो समस्या आईसकेको अवस्था भने होईन । त्यसैले उनीहरुका परिवार तथा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सान्त्वना दिदै प्रजिअ कुरुम्बाङले भन्नुभयो, सचेत र होसियारी भन्ने सबै बन्नुपर्दछ । फेदिखोलाका एक पुरुष र उनको परिवार बाहेक कसैमा कुनै समस्या भेटिएको छैन । उनको परिवारमा धेरै जनामा ज्वरो आएको पाईएकाले सतर्कता अपनाईएको प्रशासनको भनाईछ तर आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रशासनले जनाएको छ ।

Facebook Comments Box
TOP