स्याङ्जा : अत्यावश्यक अवस्थामा रेर्कड राखेर सवारी चलाउन अनुमति पाईने !
आँधीखोला खबर/स्याङ्जा :
उच्चस्तरीय जिल्ला संयन्त्र स्याङ्जाको बैठकले कोरोना भाईरस (कोभिड १९) को रोकथामका लागि विभिन्न ८ निर्णयहरु गरेको छ ।
बैठकले अत्यावश्यक परेको अवस्थामा रेर्कड राखेर सवारी चलाउने अनुमति दिने निर्णय गरेको हो, त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतलाई पिपिईको व्यवस्था गर्ने,जिल्ला स्थित सबै पार्टीपंक्ती टोल तह सम्मका सबैलाई अनिवार्य घरमै बस्न र बैदेशिक रोजगारीबाट आएकालाई क्वारेन्टाईनमा राख्ने, गाउँघरमा किसानले कृषि काम गर्दा आ–आफ्नो खेतमा परिवारले मात्रै गर्ने, कसैको घरमा पनि नजाने, नआउने, ११ वटै पालिका भित्र निगरानी गरी विदेशबाट फर्केका तथा १४ दिन नपुगेकालाई क्वारेन्टाईनमा अनिवार्य राख्ने निर्णय गरेको छ ।
बिदेशबाट फर्किएकाहरुको परिवारको समेत स्वास्थ्य परिक्षण गर्ने, जिल्लामा आवश्यक मुटु, प्रेसर, सुगर, डिप्रेसन लगायतका बिरामीलाई आवश्यक औषधीको व्यवस्थापन गर्नुपर्ने भएमा प्रहरी र प्रशासनबाट समन्वय गर्ने रहेकाछन् ।
सर्बपक्षिय तथा सर्बदलिय बैठकले दिनहुँ गाईभैँसी कुखुराको दाना व्यवस्थापन गर्न प्रशासनसंग समन्वय गरी पासको व्यवस्था गर्ने निर्णय गरेको संयन्त्र समिति प्रमुख एवं समन्वय समिति स्याङ्जाका प्रमुख सिता कुमारी सुन्दासले जानकारी दिनुभयो ।
बैठकले जिल्ला भित्र ग्याँस लगायत खाद्यान्न अभाव हुन नदिन स्थानीय सरकार, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सलाई समन्वय गर्न पहल गर्ने निर्णय गरेको छ ।
हेर्नुेहोस् निर्णयहरु :


तस्वीर : सुर्य प्रसाद गैह्रे पारस को फेसबुक पेजबाट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


