बिदेशबाट आएका १४ जनालाई राखियो कोरेन्टाईनमा, लकडाउनको अवज्ञा गर्ने २५ सवारीसधान नियन्त्रणमा

आँधीखोला खबर/स्याङ्जा :
बिदेशबाट स्याङ्जा आएका १४ जनालाई जिल्लामा बनाईएको कोरेन्टाईनमा राखिएको छ । बिभिन्न देशबाट आएका उनीहरुलाई सरकारी तहबाट निर्माण गरिएको कोरेन्टाईन्मा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक एबं प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उनीहरुमा कुनै समस्या नभए पनि पुर्व सतर्कताका लागि कोरेन्टाईनमा राखिएको
कुनै समस्या अहिले सम्म नभेटिएको भए पनि प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । यस्तै जिल्लाका ११ वटै स्थानीय तहले बिदेशबाट आएकाहरुको बिबरण संकलन गरीरहेकाछन् । कतिपयलाई सेल्फ कोरेन्टाईनमा बस्न निर्देशन दिईएको स्थानियतहका पदाधिकारीहरुले बताएकाछन् ।
यसैवीच जिल्लाको लक डाउन उल्लङ्घन गर्ने २५ वटा बिभिन्न सवारी साधनहरूलाई बिभिन्न स्थानहरूबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रहरीले ४ ट्रक, ५ कार, १४ मोटरसाईकल, १ जीप र १ टयाम्पोलाई नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले बताउनु भयो । उहाँले लकडाउनको पालन गरी आँफू र परिवारलाई सुरक्षित राख्न अनुरोध समेत गर्नुभयो । भण्डारीले लकडाउनका बेला अनाबश्यक सडकमा हिड्नेलाई कारबाही गरिने जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…