आय मुलक वाख्रा पालनका दश बुँदे प्रविधि
शुसिल अर्याल :
आम्दानी गर्ने हिसावले वाख्रा पालन गर्ने हो भने वाख्रापलनका निम्न अनुसारका मूख्य प्रविधिहरु आत्म साथ गर्नु जरुरी छ । यि तलका प्रविधिहरु ख्यालमा राखियो भने सफल रुपमा वाख्रापालन गरि मनग्गे आम्दानी गर्न सकिन्छ ।
१) बथान ठिक्को हुनु पर्दछ्। आफुले पाल्ने वाख्राको वथान कति वनाउने सो निकर्यौल गर्नु पर्दछ। वथान कत्रो राख्ने भन्ने कुरा आफ्रनो आर्थिक क्षमतामा भर पर्दछ। त्यस्तै गरि घास तथा चरन क्षेत्रको उपलब्धता, गोठ तथा ज्यामिको व्यवस्था, साथै बजार व्यवस्था कस्तो छ। त्यसैले माथिका व्यवस्थाहरु कस्तो छ सोहि अनुसारको वथान राख्ने निर्०ाय गर्नु पर्दछ ।
२) ठाउ अनुसार उपयुक्त गोठ तथा व्यवस्थापन गर्नु पर्दछ गोठ वनाउदा अलि ओभानो अली उठेको ठाउ छान्नु पर्छ । क वाख्राकोलागी प्रयाप्त ठाउ ( १ देखि २.५वर्ग मिटर) जातहेरि दिनु पर्दछ । गोठ मा ठाउ हेरी तराइ र पहाड मा ९० से.मी जमिन भन्दा माथी टाटनो वनाउनु पर्दछ र ओभानो राख्नु पर्छ । घास खाने टाटनो ठाउ अनुसार वनाउनु पर्छ । बोका माउ, पाठा पाठि र विरामी वाख्रालाई अलग राख्नु पर्दछ।
३) उत्पादन क्षमताको जानकारी लिदै काम गर्नु पर्द छ । वाख्राको दूध तथा मासु उत्पादन क्षमता थाहापाउन रेकडराख्नु पर्दछ । प्रत्येक वाख्राको उत्पादन क्षमताको मुल्यांकन गर्नु पर्दछ । उत्पादन कम दिने वाख्रालाई समयमै हटाउनु पर्दछ।
४) आहारामा सुधार ल्याउनु पर्दछ । वाख्राको शारिरिक अवस्था (थारो, व्याउने, लैनो, पाठा पाठी र वोका आदि) हेरी घास तथा सन्तुलीत दाना (स्थानीय सामाग्री बाट वनेको सस्तो) दिनु पर्दछ । कोषे र अन्न वालहिरको उपपदाथृहरु (मकै, गहुं, धान, आदिको चोकर ) प्रयोग गर्ने गरि सस्तो दाना तयार गर्नु पर्दछ । वथानलाई सस्तो पानी पिउन दिनु पर्दछ । समय समयमा मिनरल चाटन दिन पर्दछ ।
५) आफ्नै खेतवारीमा डाले घास लगाउनु पर्दछ। आफैले उत्पादन गरेको घास तथा दानाको उपयोगले ने वाख्रापालन व्यवशाय बाट फाइदा लिन सकिन्न्छ भन्ने सम्झेर काम गर्नु पर्दछ । वर्षै भरि हरियो घास उत्पादन हुने गरि ठाउ सुहाउदो घास तथा डाले तथा लगाउनु पर्छ। साथै घास तथा डाले घास काटने उपयुक्त समय पत्ता लगाइ सोही वमोजीम घास काटनु पर्छ । चरिचरनलाई नियन्त्रित गरि सरक्ष्ण गर्नु पर्दछ्।
६) पशुस्वास्थ्यमा ख्याल पुऋयाउनु पर्दछ आन्तरिक तथा वाहृय परिजिवी नियन्त्र०ा वर्षको कम्तिमा दुइ पटक साथै सरुवारोग बिरुद्ध खोप आवश्यता अनुसार गर्नु पर्दछ । साधारण औषधि हरु जस्तै पेट फुलेको ज्वरो आएको जुम्रा उपिया आदि मार्ने विषाद टिम्पोल, नेवलोन, हिम्याक्स, टेरामाइसिन , डिस्टोडिन, पानाकुर आदि आफैसंग राख्नु पर्छ। रोग पहिचान गरि उपचार गरेमा मात्र फाइदाहुने हनाले स्थानीय पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिक संग आवश्यक सरसललाह लिइ पर्छ। र वास्तवमा रोग लागे पछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हुन्छ भन्ने सम्झदै सोहि अनुरुप कार्य गर्नु पर्दछ ।
७)वाख्रामा सहि प्रजनन पदति उपयोग गर्नु पर्दछ्। राम्रो उत्पादन गुण भएका वाख्रा छान्ने अथाृत १२ महिनाको उमेरमा बडि तौल भएको वाखलाई राम्रो वाख मान्ने तथा नरामे गुण भएका वाख्रालाई छाटने निति तय गरि छनोट गरपछ । छनोट गर्दा आथिृक दृष्तिकोणले महत्वापुर्ण गुणहरु जस्तै दूधको लागी पालएिका वाख्राको लागी कल्चौँडो र दूध दिन सक्ने क्षमता भएको , मासुको लागी छान्दा मोटो गर्धन भएको १२ देखि १५ महिनाको उमेरमा राम्रो सग सप्रेको लाई आधार मानेर छनौट गर्नु पर्दछ बसज बाट सर्दै आएका द्र्गुण भएका वाख्रालाई छनौट गर्न भुल्नु हुदैन ।
८)विउ राम्रो त वाली राम्रो भन्ने उखान विर्सनु हुदैन प्रजननको लागी वोका छान्दा राम्रो उत्पादन क्षमता भएको बढि दुध दिने छिटो बदने गुण माउ बाट जन्मिएको जातीय शु४ता भएको ) छान्नु पर्छ। निरोगी र प्रजनन क्षमता भएको वयस्क वोका मात्र प्रजनन कायृमा प्रयोग गर्नु पर्छ । हाडनाता वाली जान दिनु हुदैन ।
९) स्वस्थ र आर्थिक लाभ हुने पाठा पाथि पालन विधिको सधै अभ्यास गर्नु पर्छ । पाठा पाठी हुर्काउदा शुरु देखि अन्तसम्म सरसफाइको व्यवस्था गर्न विर्सनु हुदैन । पाठा पाठी गए अनुसार दानाको व्यवस्था गर्नु र दूध छुटाइ आहारा मा खास ध्यान दिनु पर्दछ। घरपाल्न राखिने पाठा पाठी असल गुण भएका छानेर राख्नु पर्छ। वथानमा राख्न छुटायर वसेका पाठा पाठी पोषिलो दाना घास व्यवस्था गरि व्रोइलर पालेझै पाली मासु कोलागि बिकि गर्नु पर्दछ।
१०) सामुदायीक वन तथा चरन क्षेत्रको विकास गर्नु पर्दछ । सामुदायकि वन तथा चरन क्षेत्रहरुमा वाख्रालाई उपयुक्त हुने खालका घास तथा त्यसको सरक्षण गर्नु पर्दछ । सामुदायीक वनहरुमा पोषिला डाले घास रोप्नु पर्दछ । भने सामुदायीक चरनमा वु६यान घास तथा वहुवर्षे डाले घास लगाउनु पर्दछ ।
शुसिल अर्याल गल्याङ नगरपालिका पशु सेवा शाखाको प्रमुख तथा अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै बाख्रा गाउँ अभियानका अभियान्ता समेत रहनु भएको छ -सम्पादक
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …