तीन महिने ढाका तथा साडी बुनाई स्तरोन्नति तालीम

तोलाकान्त बगाले/वालिङ :

स्याङ्जाको वालिङमा तीन महिने ढाका तथा साडी बुनाई स्तरोन्नति तालीम बुधबारबाट शुरु भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाको आयोजनामा वालिङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित तालीमको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङको पहिचान झल्कने गरी सामग्रीहरु उत्पादन गर्न सुझाव दिंदै उत्पादित सामग्रीको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

“तपाईहरुले ठूलो परिमाणमा सामग्रीहरु उत्पादन गर्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “उत्पादित सामग्रीको बजारीकरण तथा गुणस्तर बृद्धिमा नगरपालिकाले सहयोग गर्ने छ ।”

वालिङ ८ मा रहेको रैयाँ महिला विकास समितिको ब्यवस्थापनमा भएको तालीममा नगर प्रमुख खाँणले उत्पादनसित जोडिन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले उद्यमीहरुलाई निराशा नभई थप उर्जा मिल्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।

“लगानी भनेको बीउ हो” नगर प्रमुख खाँणले भन्नुभयो, “बीउको सही सदुपयोग गरी अरुहरुलाई पनि सीप बाड्दै अगाडि बढ्नुहोस् ।”

कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले वालिङका महिला दिदीबहिनीले उत्पादन गरेको ढाका तथा साडीहरुलाई वालिङको पहिचानकोरुपमा विकास गर्न सकिने बताउँदै बढीभन्दा बढी उत्पादनमा जोड दिनुभयो ।

गतवर्ष पनि रैयाँ महिला समितिले तीन महिने ढाका बुनाई तालीम सफलतापूर्वक सम्पन्न गरी महिला दिदी बहिनीहरुलाई सीप सिक्नप्रति अभिप्रेरित गरेको नगर उपप्रमुख तिवारीको भनाई थियो ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले तालीम पश्चात सिकेका सीपलाई दैनिक ब्यवहारमा प्रयोग गरी ब्यावसायिक बन्न पनि सुझाव दिनुभयो ।

कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरमान गुरुङ, महिला नेतृ दीपा भुसाल, रैयाँ महिला विकास समितिका अध्यक्ष कुमारी राना लगायतले तालीम अवधिभर निरन्तर अभ्यास गरी ब्यावसायिकतामा जोड दिनुभएको थियो ।

रैयाँ महिला विकास समितिका रुपा आले मगरको स्वागतसँगै शुरु भएको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका प्रमुख बद्रीनाथ लामिछानेको सभापतित्व र सञ्चालन कृष्ण लम्सालले गर्नुभएको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP