भोलि देखि दैनिक ८ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुने

बुटवल : सडक स्तरोन्नतिका लागि सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल पाल्पा सडक खण्ड भोलि चैत १ गतेदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।
सडकका घुम्ती कटान लगायत कार्यका लागि चैत १ देखि १२ गतेसम्म दैनिक ८ घण्टा आवागमन रोक्न लागिएको डिभिजन सडक कार्यालय, पाल्पाले जनाएको छ ।
डिभिजन सडक कार्यालयका अनुसार, चैत १ गतेदेखि बिहान ७ देखि ९, दिउँसो १२ देखि ३ र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ ।
तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन ।
घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाउन लागेको हो ।
राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काटेर सडक फराकिलो बनाइने छ ।
जोखिमपूर्ण घुम्ती व्यवस्थापनका लागि समय तोकेर सडक बन्द गर्न लागिएको कार्यालयले जनाएको छ । निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरूको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम गर्न लागेको हो ।
यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।
सडक सुधारको कामका बेला आमसर्वसाधारणलाई असहज नहोस् भनी तालिकाअनुसार सूचना सार्वजनिक गरी निर्माण कार्य गर्न लागिएको उनले बताए ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…