सिद्धार्थ राजमार्गले छोएका पालिकाहरु सामुहिक बिकासका लागि सक्रियता बढाउदै ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
सिद्धार्थ राजमार्ग छोएका पालिकाहरु सामुहिक बिकासका लागि सक्रियता बढाउदै गएकाछन् । राजमार्गले छोएका १५ ओटा पालिकाले राजमार्गलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने भन्दै सक्रियता बढाएका हुन् । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशसंगै भारतिय सिमाना सुनौलीसँंग जोडिएको सिद्धार्थ राजमार्गको स्तर उन्नती नभए सम्म यस क्षेत्रको आर्थिक एवं भौतिक विकास नहुने उनिहरुको निश्कर्ष रहेको छ ।
सामुहिक बिकासका लागि गठन भएको मेयर तथा अध्यक्षहरुको मञ्चको दोस्रो बृहत बैठकको योजना तर्जुमा तथा पुर्व तयारी बैठकले १२ बुँदे निर्णय गर्दै सबै पालिका एक भएर लाग्ने प्रतिवद्धता जनाएको छ । १५ वटा पालिकाहरुबीच समन्वय, सहकार्य र आवश्यकता अनुसार जनशक्ति, उपकरण तथा असल अभ्यासहरुको आदान प्रदान गर्ने तयारी बैठकको निश्कर्ष रहेको छ ।
कार्यक्रममा मेयरहरुको मञ्चका संयोजक एवं तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सिद्धार्थ करिडोर अन्र्तगत पर्ने पालिकाहरुको साझा एजेण्डाका विषयमा छलफल गरी कार्यान्वयन गर्नका लागि मञ्चले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्थानीय तहमा रहेका संभावनाहरुको पहिचान गर्न नसकेकै कारण स्रोत र साधनको उचित प्रयोग गर्न नसकेको उहाँको भनाई छ ।
सिद्धार्थ करिडोर आसपासमा चहलपहल हराउँदै गएको र यसक्षेत्रबाट पलायन हुने क्रम बढ्दै गएको भन्दै शाहीले राजमार्गलाई आर्थिक विकाससँग जोड्न खोजिएको स्पष्ट पार्नु भयो ।
नगरप्रमुख शाहीले सडक विस्तारका क्रममा स्थानीयको साथ र सहयोग लिएर नै आफुहरु अगाडि बढ्ने बताउनु भयो । वालिङले गरेको सडकको स्तरोन्नतीको अनुशरण गर्दै आफूले समेत तानसेनमा अभियान शुरु गरेको भन्दै शाहीले सबै पालिकाले त्यस तर्फ लाग्न ढिला गर्न नहुने धारणा राख्नुभयो ।
मापदण्ड विपरितका संरचना हटाउनुको विकल्प नभएकोले सडक चौडा गर्ने क्रममा घरबार विहिन बनाउने गरि आफुहरु नलाग्ने शाहीको भनाई छ । उहाँले केन्द्र र प्रदेश सरकार संग समन्वय गरेर अन्यत्र व्यवस्था गर्ने गरि काम गर्ने योजनामा आफुहरु रहेको जानकारी दिनुभयो । अन्यत्र बसोबास गर्ने संरचना भएकाहरुले आफुले नै जानेर ठाउँ खालि गर्नु पर्ने उहाँको भनाई छ ।
वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले सिद्धार्थ समग्र राजमार्गको स्तर वृद्धिको लागि यस राजमार्गले छोएका पालिकाका साथै प्रदेश सरकार र केन्द्र सरकार संग समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो । उहाँले राजमार्ग चौडाबाट निस्किएको माटोको प्रयोग गरी वालिङमा बसपार्क तयार गरिएको र ढुंगाले आँधीखोला करिडोर निर्माणमा निक्कै सहयोग पुगेको जानकारी गराउनु भयो ।
घुम्ती काट्ने काम सम्पन्न हुनै लागेको भन्दै नगर प्रमुख खाँणले सडक डिभिजन, संघ तथा प्रदेशको सहकार्यमा नै आफूहरुले काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै पुतलीबजार नगरप्रमुख सिमा कुमारी क्षेत्रीले श्रोत र साधन प्रशस्त भए पनि सही सदुपयोग हुन नसकिरहेको बताउनु भयो । एक आपसको सहकार्यले यस क्षेत्रको बिकास सम्भव भएको प्रमुख क्षेत्रीको भनाई छ ।
त्यस्तै फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले आफूहरुको अभियानका लागि संघ र प्रदेशलाई समेतसँगै लिएर जानु पर्ने बताउनु भयो ।
कार्यक्रममा अनलाईन मार्फत आफ्नो भनाई राख्दै युएनडिपी नेपालका सुदिप अर्यालले यस क्षेत्रको दीगो बिकासका लागि साझा मुद्धा तय गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, साझा र दीगो किासको अवधारणाले नै सिद्धार्थ आर्थिक करिडोरको बिकास हुन सक्ने स्पष्ट पार्नुभयो ।
त्यस्तै इपिआई नेपालका डा. नरबहादुर थापाले सिद्धार्थ करिडोरका पालिकाहरुको सक्रियताले नै आफूहरु सहकार्यका लागि उत्साहित भएको बताउनु भयो ।
मञ्चका सचिवालयका विष्णु पौडेलले अभियानको आवश्यक्ता र औचित्यका बारेमा प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, भीरकोट नगर उपप्रमुख सिमा कर्माचार्य केसी, वालिङका सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डे, प्रकाश पाण्डे, विज्ञान घिमिरे लगायतले बोल्नुभएको थियो ।
बैठकले मञ्चमा आवद्ध सबै स्थानीय तहले कोरोना भाईरससंग जुध्न समन्वय र सहकार्य गर्ने, सिद्धार्थ आर्थिक करिडोरको आर्थिक विकास योजना रोड म्याप तर्जुमाका लागी चैत्र महिनाभित्र प्राविधिक विज्ञको व्यवस्था गर्ने, डिपिआर तयार पार्ने, राष्ट्रिय अन्तराष्ट्रिय विकास साझेदारहरु तथा नेटवर्कहरु संग सम्पर्क समन्वय गर्ने, असन्तुलित बसाईसराई व्यवस्थित गर्नेलगायतका निर्णयहरु गरेको छ । यि निर्णय मञ्चको दोस्रो बैठकमा अनुमोदन गरिनेछ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …