एसईई परिक्षा : स्याङ्जामा तयारी पुरा,धेरै भिडभाड नगरिदिन अभिभावकलाई आग्रह
आँधीखोला खबर/स्याङ्जा :
चैत ६ गते बिहिबारबाट शुरू हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तयारी स्याङ्जामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाले पत्रकार भेटघाट गरेर तयारी पुरा भएको जनाएको हो । यो पटकको परिक्षामा जिल्लाबाट ५ हजार ६ सय ८२ छात्रछात्रा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्याङ्जामा यसवर्ष १३० सामुदायिक र ४० संस्थागत गरी कूल १७० वटा विद्यालयका छात्र २ हजार ८ सय १० र छात्रा २ हजार ८ सय ७२ गरी कूल ५ हजार ६ सय ८२ जना सहभागी हुने भएका पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
यसवर्ष ग्रेडबृद्धिका लागि १ सय ९९ जना र प्राविधिक धारतर्फ ५८ जना सहभागी हुने बताईएको छ । स्याङ्जा जिल्लामा ३५ वटा परीक्षा केन्द्र तोकिएको छ भने सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका तथा नजिकैको प्रहरी चौकीमा प्रश्नपत्र पुर्याई सकिएको शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाका प्रमुख पौडेलले बताउनुभयो ।
परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक अनुगमन गरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।
यसैवीच कोरोना भाईरस कोभिड १९ को त्रासका बिच शुरु हुन लागेको एसईई परिक्षामा बिद्यार्थी मात्रै होईन अभिभावक समेत तनावमा छन् । नेपालमा अहिले सम्म एक जनामा मात्रै कोरोना भएको प्रभाणित भएको र उक्त व्यक्ती पनि उपचार पछि घर फर्किसकेकाले अहिले प्रमाणित रुपमा कोरोना लागेका बिरामी नेपालमा छैनन् तर शिक्षा मन्त्रालयले भने बिद्यालयहरुमा धेरै भिडभाड नगरिदिन आग्रह गरेको छ । मन्त्रालयले बिद्यार्थीका आफन्त र अभिभावकलाई भिडभाड नगरिदिन आग्रह गरेको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


