एसईई स्थगित सँगै अन्योलमा परेका बिद्यार्थीलाई गाँउपालिकाले गर्यो घर जान निशुल्क यातायातको व्यवस्था ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको फेदीखोला गाँउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षा दिन बसेका परिक्षार्थीहरुलाई घर फर्किनको लागि निशुल्क यातायातको व्यवस्था गरेको छ ।
कोराना भाइरस (कोभिड १९) को कारण एसइई परीक्षा स्थगित भएपछि विद्यार्थीहरु अन्योलमा परेका भन्दै गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बिद्यार्थीलाई गाँउपालिकाले नै घरघरमा पुर्याईदिने जानकारी गराउनु भएको हो ।
फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष सुवेदीले प्रतिकुल अवस्थालाई ध्यानमा दिदै फेदीखोला बजार र खड्केटारी बजारमा परिक्षा तयारीको लागि बसेका परिक्षार्थीहरु फेदीखोला गाउँपालिका वार्ड नम्वर ५ बांगे, मैदान माबिका विद्यार्थी र वार्ड न ४ गलेम शितला माविका विद्यार्थीलाई पालिकाले आज बिहानै आफ्नो आफ्नो घर फर्कने यातायातको ब्यवस्थापन गरेको जजानकारी दिनुभएको हो ।
अध्यक्ष सुवेदीले लेख्नु भएको छ, “प्रिय सम्पूर्ण बिद्यार्थी भाई बहिनीहरु चिन्तित नहुनु, आफ्नो बिद्यालयको प्रधानाध्यापकलाई फोन गरी समयमै घर पुग्नु र अर्काे मिति तय भए पछि हुने क्भ्भ् परिक्षाको राम्रो तयारी गर्नु शुभकामना ।”

समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…