गण्डकी प्रदेशको मुख्य नाका राम्दीमा पाँच हजार बढिको स्वास्थ्य परिक्षण

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर एक राम्दीमा पाँच हजार भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको छ ।
गण्डकी प्रदेशको नाका रहेको राम्दीमा हेल्थ डेस्क स्थापना गरिए यता पाँच हजार दुई सय ५१ जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।
पाँच नम्बर प्रदेशबाट भित्रिएका भारत सहित विभिन्न देशका नागरिकहरुको ज्वरो परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।
राम्दीमा गएको चैत्र दुई गते हेल्थ डेस्क स्थापना गरि गण्डकी प्रदेश भित्रने यात्रुहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
परिक्षणका क्रममा भेटिएका भारतीय एक नागरिकलाई फिर्ता पठाइएको छ भने इटालीका एक नागरिकलाई पोखरा पठाइएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…