गण्डकी प्रदेशको मुख्य नाका राम्दीमा पाँच हजार बढिको स्वास्थ्य परिक्षण
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर एक राम्दीमा पाँच हजार भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको छ ।
गण्डकी प्रदेशको नाका रहेको राम्दीमा हेल्थ डेस्क स्थापना गरिए यता पाँच हजार दुई सय ५१ जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।
पाँच नम्बर प्रदेशबाट भित्रिएका भारत सहित विभिन्न देशका नागरिकहरुको ज्वरो परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।
राम्दीमा गएको चैत्र दुई गते हेल्थ डेस्क स्थापना गरि गण्डकी प्रदेश भित्रने यात्रुहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
परिक्षणका क्रममा भेटिएका भारतीय एक नागरिकलाई फिर्ता पठाइएको छ भने इटालीका एक नागरिकलाई पोखरा पठाइएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


