गण्डकी प्रदेशको मुख्य नाका राम्दीमा कडाइका साथै २४ सै घण्टा चेकजाँचको व्यवस्था
आँधीखोला खबर/गल्याङ :
गण्डकी प्रदेशको मुख्य नाका गल्याङ नगरपालिका १, रामनदी धाम (राम्दी) मा कडाइका साथ २४ सै घण्टा स्वास्थ्य परिक्षण हुने भएको छ ।
गल्याङ नगरपालिकाले राखेको हेल्थ डेस्कमा नेपाल आर्मी सहितको टोलीले २४ सै घण्टा चेकजाँच गर्ने भएको हो ।
आइतबार हेल्थ डेस्कको निरिक्षण गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङवाङले स्वास्थ्य चेकजाँचलाई व्यवस्थित र कडाइ गर्नेबारे छलफल गर्नुभएको थियो ।
निरिक्षणपछि जिल्ला समन्वय समिति प्रमुख सिताकुमारी सुन्दास, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी विमलराज कणेल, गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापा, गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे सहितको बैठकले चेकजाँचलाई २४ सै घण्टा अझै कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । साथै रातीको समयमा बेल्टारीमा रहेको नेपाल आर्मीको स्वास्थ्य शाखाको टोली सहितले चेकजाँच गर्ने तय भएको छ । बेल्टारीमा रहेको नेपाली सेना मध्ये स्वास्थ्य शाखामा रहेका पाँच जना यो चेकजाँचमा खटिने भएका छन् ।

निरिक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी कुरुङवाङले सकेसम्म कोरोना भाइरसको संक्रमण प्रबेश नगर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले हेल्थ डेस्कलाई अझै व्यवस्थित बनाउनका लागि नगरपालिकाले सम्पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले चेकजाँचमा रहेका स्वास्थ्य कर्मीका लागि उचित व्यवस्था सहित मुल्याङ्कन हुने बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


