मजदुरहरुलाई निशुल्क खाद्यान्न वितरण गर्दै पुतलीबजार नगरपालिका, बजारमा छर्कियो क्लोरिन
आँधीखोला खबर/स्याङ्जा :
पुतलीबजार नगरपालिकाले दैनिक मजदुरी गरेर गुजारा चलाईरहेका नागरिकका लागि चामल, दाल नुन तेल लगायतका अत्यावश्यक सामाग्री उपलव्ध गराउने भएको छ । नगरपालिकाको बैठकले वडास्तरमा लगत संकलन गरी परिवार संख्याका आधारमा खाद्यान्न वितरण गर्ने निर्णय गरेको नगरप्रमुख सिमा कुमारी क्षेत्रीले जानकारी दिनुभयो ।
प्रशासनले तोकेअनुसार २ घण्टा बजार खुकुलो पारिएको जानकारी दिदै नगरप्रमुख क्षेत्रीले ग्रामिण क्षेत्रमा समेत नागरिकको मागको आधारमा हरेक टोलटोलमा खाद्यान्न पुर्याउने बताउनु भयो ।
नगरभित्र रहेका दीर्घरोगी र दैनिक औषधी सेवन गर्नेहरुका लागि नगरपालिकाले कर्मचारी खटाएर समन्वय गर्ने उहाँले जानकारी दिनुभयो ।
यसैबीच, पुतली बजार नगरपालिकाले स्थानीय स्तरमै पिपिई उत्पादन गरेको छ, नगरले तत्कालको लागि ६० वटा पिपिई तयार पारेको हो । उता पुतलीबजारमा अहिलेसम्म ३० जना क्वारेन्टाईनमा बसेको जनाएको छ । यस्तै नगरस्थित जिल्ला अस्पतालमा १० शैयाको आईसोलेसन वार्ड तयार पारिएको छ । त्यसमध्ये ६ वडा भेन्टिलेटर सहितको वार्ड रहेको नगरपालिका सूचना अधिकारी ताराचन्द्र ढकालले जानकारी दिनुभयो ।
यस्तै कोरोना भाईरसको रोकथाम र न्युनिकरणका लागि बजार क्षेत्रमा क्लोरिन छर्किएको छ । बजार क्षेत्रभित्र ६ हजार डिसईन्फेक्टेड क्लोरिन झोल छर्केको नगरपालिकाले जनाएको छ । सदरमुकामको चौकीदेखि बाडखोला सम्म मुख्य सडक तथा भित्रि सडकका क्लोरिन छर्किएको हो ।

समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


