लकडाउनको कारण सेवानिबृत हुन नपाएका प्रहरी हवल्दार पौडेललाई कसरी लाग्यो गोली !

आँधीखोला खबर/स्याङ्जा :
कोरोनाको त्रासका कारण लक डाउनको अवस्था नआएको भए प्रहरी हवल्दार रविन्द्र पौडेल सेवा निबृत भई पोखराको घरमा परिवारससँग रमाईलो गरिरहेका हुन्थे । बिश्वलाई त्रसित बनाई रहेको कोरोना कोभिड १९ का कारण चैत्र ७ मा अवकास लिन खोजेका पौडेल सेवा अवधी लव्याउन बाध्य भए । परिवारको सल्लाहमा नै पौडेलले अवकास लिन खोजेका थिए र फाईल पनि अगाडि बढि सकेको थियो, पत्रकार समेत रहेका उहाँका काका ऋषिकान्त पौडेलले भन्नुभयो,कोरोनाका अवस्था केही सामान्य हुनासाथ भतिज सेवा निवृत भई सक्थे ।
कोराना भाइरसबाट नागरिकलाई बचाउन सरकारले गरेको लकडाउनको ड्युटी सकेर स्याङ्जाको हरिनास गाँउपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा फर्किएका ३६ बर्षिय पौडेल सदा जस्तै बन्दुक व्यवस्थापनका लागि कोठा भित्र छिरेका थिए तर हतियार व्यवस्थापनका क्रममा बन्दुक अचानक पड्किदा उनको ज्यान गयो ।
पौडेलको दाहिने कोखाबाट देब्रे कोखामा गोली निस्केको बताईएको छ । पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिनुभयो । मृतक पौडेल प्रहरी कार्यालयमा चालकको रुपमा समेत कार्यरत रहेका थिए ।
घटनाबारे अनुसन्धान शुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कणेलको टोली घट्नास्थलमा नै पुगेर बिबरण लिईसकेको छ ।
पोखरा महानगरपालिका २८ मा बस्दै आएका पौडेलका दुई छोरी र श्रीमति रहेको मृतकका काका ऋषिकान्तले बताउनु भयो ।
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…