प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थाल्यो
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपित नयाँ मिर्गौलाले काम गर्न थालेको छ। ओलीको दोस्रो पटक बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको हो।
प्रधानमन्त्री ओलीकाे हाेस खुलेकाे छ। शल्यक्रिया सफल भएसँगै प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटरबाट आईसीयूमा सारिएकाे छ।
केहीबेरअघि अस्पतालले पत्रकार सम्मेलन गर्दै प्रत्यारोपण सफल भएको र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएको हाे।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्काले भने, ‘उहाँको सबै सुचांकहरु राम्रो अवस्थामा रहेका छन्। प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न थालेको छ।’
प्रत्यारोपणको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले पाँच सय एमएल पिसाब गरेका थिए।
प्रत्यारोपणमा संलग्न चिकित्सक टोलीले स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकाल र प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाललाई जानकारी गराएपछि रिपोर्ट सार्वजनिक गरिएको हो।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजेर पाँच मिनेट जाँदा अप्रेशन थिएटरमा छिराइएको थियो।
प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। प्रा.डा. खड्काका अनुसार प्रत्यारोपणका लागि चार घण्टा ४५ मिनेट लागेको थियो।
ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि सहभागी चिकित्सकहरु उत्साहित भएका छन्। प्रधानमन्त्रीको जटिल मानिएको प्रत्यारोपण स्वदेशमै गर्न सफल भएपछि चिकित्सकहरु खुशी भएका हुन्।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


