कोरोना भाइरस : स्याङ्जामा स्वास्थ्यकर्मीलाई प्रोत्साहान भत्ता
स्याङ्जा : स्याङ्जाको फेदीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीमा काम गर्नेलाई ५० प्रतिशत, हेल्थ डेक्समा काम गर्ने कर्मचारीलाई ७५ प्रतिशत र क्वारेन्टाइनमा काम गर्ने कर्मचारीलाई एक सय प्रतिशत भत्ता दिनेछ ।
यसैगरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर गाउँपालिकाका सात वटै वडामा कोरोनाबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा हात धुने उपाय सिकाइएको र अनुगमनसमेत गरिएको गाउँपालिकाले जनाएको छ । रासस
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


