पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्याे

काठमाण्डाै : पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेकाे छ । नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो ।
अब पेट्रोलको खुद्रा मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टीतेलको भाउ ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको भाउ पनि साढे ४ रुपैयाँ घटाएर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…