आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत अनुगमन तथा अन्तरक्रिया सम्पन्न

वालिङ,०१ चैत्र :
उत्पादनसँगै बजारको व्यवस्थापनमा जोड दिन एक कार्यक्रमका सहभागीहरुले जोड दिएकाछन् । बजारको अभावमा उत्पादन बढ्न नसकेको भन्दै उनीहरुले सीपमुलक तालिमसँगै बजारको व्यवस्थापनमा जोड दिन आग्रह गरेका हुन् ।
वालिङ नगरपालिका वडा नम्वर ३ मा भएको कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले गाँउमा बाहिरबाट उपभोग्य बस्तु ल्याउने काम निस्तेज गर्दै लैजानु पर्ने बताउनु भयो, उहाँले भन्नुभयो अहिले गाँउ गाँउमा उत्पादन गर्न छाडेर बजारको बस्तु खरिद गर्ने क्रम बढेको छ, जुन भबिश्यमा निक्कै घातक बन्न सक्छ ।


प्रमुख शर्माले नागरिकलाई स्थानीय श्रोत साधनको अत्यधिक प्रयोग गर्न तर्फ उत्पे्ररित गर्नु पर्नेमा जोड दिनुभयो । बजारको व्यवस्थापन गर्न स्थानीय तहले बिशेष ध्यान दिनुपर्ने शर्माको भनाई छ ।
युएनडिपी नेपाल,वालिङ नगरपालिका, गरिवसँग बिश्वेश्वर कार्यक्रम र दियालो संस्थाको साझेदारीमा माझकोटमा भईरहेको कल्चरल तथा स्थानिय ड्रेस उत्पादन तालिमको अनुगमन पश्चात भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले नगरवासीलाई सी प्रदान गरी स्वावलम्वन बनाउने अभियानमा लागेको बताउनु भयो । उहाँले गाँउ गाँउमा उत्पादन भएका बस्तुहरुलाई बजारीकरणको जिम्मा नगरपालिकाले लिने गरी तयारी भईरहेको जानकारी दिनुभयो । सरकारले मुलुकलाई समृद्ध बनाउने अभियान चलाएको भन्दै प्रवक्ता काफ्लेले वालिङको दक्ष नागरिक बनाउने कार्य कोषेढुगा सावित हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा भीरकोट नगरपालिकाका वडा नम्वर ५ का अध्यक्ष लक्ष्मण अधिकारी, वालिङ नगरपालिकाका सामाजिक बिकास अधिकृत पदम प्रसाद पाण्डे,वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरे, पत्रकार महासंघ स्याङ्जाका सचिव शुसिल सुवेदी,प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला,युनियनका पूर्ब अध्यक्ष श्रीकृष्ण सिग्देल, व्यवशायी चन्द्रा गुरुङ लगायतले उत्पादनसँगै बजारीकरणमा जोड दिन सुझाव दिएका थिए ।


कार्यक्रम वडा नम्वर ३ का अध्यक्ष सुकराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले गर्नु भएको थियो ।
संयुक्त अनुगमन टोलिले युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगतका बिभिन्न कार्यक्रमको अनुगमन तथा निरिक्षण गरेको थियो ।

Facebook Comments Box
TOP