न्यु गाँउबेसीले शुरु गर्यो “बचत र उद्यमशिलता” सम्वन्धी कार्यक्रम

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १० मा स्थापना गरिएको न्यु गाउबेसी बहुउद्देश्यीय सहकारी संस्थाले उद्यमशिलतासँग सम्वन्धीत क्रियाकलाप शुरु गरेको छ । सहकारी संस्थाले आज सदस्य केन्द्रित बचत तथा सहुलियत ऋणको कारोवार औपचारिक रुपमा शुरुवात समेत गरेको छ ।
सहकारीले सदस्यहरुलाई व्यवशायीक खेती तर्फ आकर्षित गराई उद्यमी बनाउने बताएको छ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद खनालका अनुशार सहकारीले तरकारी खेती, बाख्रापालन लगायतका कार्यक्रम गर्दैछ । त्यस्तै सहकारीले मल तथा बिउबिजन समेत सहुलियत दरमा बितरण गर्ने अध्यक्ष खनालले जानकारी दिनुभयो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना” अन्तरगत वालिङको वडा नम्वर ८,९ र १० का १०० जना भन्दा बढि व्यक्तीको सक्रियतामा सहकारीको स्थापना गरिएको हो ।

सहकारी संस्थाको बिभिन्न गतिबिधिको आज जेष्ठ सदस्य देवेन्द्र प्रसाद भट्टराई र अध्यक्ष अर्जुन प्रसाद खनालले शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रम अन्तरगत स्थापना गरिएका सहकारीलाई कार्यक्रम मार्फत बिभिन्न सहयोग र सहकार्य गरिने दियालो/युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले बताउनु भयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…