न्यु गाँउबेसीले शुरु गर्यो “बचत र उद्यमशिलता” सम्वन्धी कार्यक्रम
आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १० मा स्थापना गरिएको न्यु गाउबेसी बहुउद्देश्यीय सहकारी संस्थाले उद्यमशिलतासँग सम्वन्धीत क्रियाकलाप शुरु गरेको छ । सहकारी संस्थाले आज सदस्य केन्द्रित बचत तथा सहुलियत ऋणको कारोवार औपचारिक रुपमा शुरुवात समेत गरेको छ ।
सहकारीले सदस्यहरुलाई व्यवशायीक खेती तर्फ आकर्षित गराई उद्यमी बनाउने बताएको छ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद खनालका अनुशार सहकारीले तरकारी खेती, बाख्रापालन लगायतका कार्यक्रम गर्दैछ । त्यस्तै सहकारीले मल तथा बिउबिजन समेत सहुलियत दरमा बितरण गर्ने अध्यक्ष खनालले जानकारी दिनुभयो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना” अन्तरगत वालिङको वडा नम्वर ८,९ र १० का १०० जना भन्दा बढि व्यक्तीको सक्रियतामा सहकारीको स्थापना गरिएको हो ।

सहकारी संस्थाको बिभिन्न गतिबिधिको आज जेष्ठ सदस्य देवेन्द्र प्रसाद भट्टराई र अध्यक्ष अर्जुन प्रसाद खनालले शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रम अन्तरगत स्थापना गरिएका सहकारीलाई कार्यक्रम मार्फत बिभिन्न सहयोग र सहकार्य गरिने दियालो/युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले बताउनु भयो ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


