असिनाले पुर्याएकाे क्षति प्रति सांसद मरासिनीद्धारा दुख व्यक्त, राहत उपलब्ध गराउन माग
आँधीखोला खबर/स्याङ्जा :
संघिय सांसद नायारणप्रसाद मरासिनीले असिनाका कारण करोडौँ क्षति भएकोमा दुख व्यक्त गर्नुभएको छ । प्रेस विज्ञप्ति जारी गर्दै सांसद मरासिनीले पिडित किसानलाई राहत र क्षतिपुर्ति उपलब्ध गराउन सरकारसंग माग गर्नुभएको हो ।
सांसद मरासिनीले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, ‘फेदीखोला गाँउपालिका अन्र्तगत विभिन्न वडामा चैत्र १ गते शनिबार राति आएको हावाहुरी सहितको असिना पानीले तरकारी , फलफूल, अन्नबाली, पशुपंक्षिमा गम्भिर क्षति पुर्याएको छ । गाउँपालिकालको वडा नं। ४ मा पुर्ण क्षति भएको छ अन्य ३ वडामा आंशिक क्षति पुगेको छ ।
प्राकृतिक विपत्तिमा करोडौँको नोक्सानी सहन बाध्य किसानहरु हुनुहुन्छ । तसर्थ यस प्राकृतिक विपत्तीप्रति गम्भिर दुख व्यक्त गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ । ‘सम्पुर्ण पिडित किसानहरुलाई उचित राहत र क्षतिपुर्ति उपलब्ध गराउने निम्ति नेपाल सरकारसंग जोडदार माग गर्दछु ।’

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


