मन्त्री पद्मा अर्यालद्धारा २० हजार मास्क र अत्याधुनिक थर्मोमिटर प्रदान

आँधीखोला खबर/स्याङ्जा :
भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बिपद ब्यवस्थापन समिति स्याङ्जालाई २० हजार मास्क र एक थान अत्याधुनिक गन थर्माेमिटर प्रदान गर्नु भएको छ । बिपद ब्यवस्थापन समिति स्याङ्जाको बैठकका अवसरमा माक्स तथा थर्माेमिटर प्रदान गर्नु भएको हो । बैठकमा बोल्दै मन्त्री अर्यालले कोरोना संक्रमण विरुद्ध जुध्न सरकारले उच्च सर्तकता अपनाएको जानकारी गराउनु भयो ।
कोभिड १९ ले विश्वलाई त्रसित पारेको भन्दै नेपालमा संक्रमण हुन नदिन तीन तहका सरकारले उच्च सर्तकता अपनाएको मन्त्री अर्यालको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य मिन प्रसाद गुरुङ्, जिल्ला समन्वय समिति सदस्य सिता सुन्दास, नेकपा स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैरे, नेपाली काग्रेस प्रबक्ता इन्द्र गोदार लगायतले सरकारले चालेको अभियानमा साथ र सहयोग रहने बताएका थिए ।
बैठकले सरकारको निर्णयलाई कार्यान्वय गर्ने तथा बिदेशबाट फर्केका नेपालीलाई १४ दिन पालिकाको निगरानीमा क्वारेन्टाइन राख्ने निर्णय गरेको छ ।

होटेल, रिसोर्ट, बार पसलका संचालकले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीका ब्यवस्था गर्ने र हात सफा गर्ने सेनिटाइजर राख्नु पर्ने सहितका १३ वटा निर्णय गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो । मन्त्री अर्यालबाट प्राप्त माक्सलाई प्रजिअ कुरुम्बाङ्ले ११ वटै स्थानिय तह, प्रहरी, सेना, प्रसासन, जिल्ला अस्पताल, रेडक्रसलाई बितरण गर्नु भएको छ ।
यसैबीच मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका ५ बासटारीमा अग्निपिडितलाई राहत समेत प्रदान गुर्न भएको छ । मन्त्री अर्यालले गोठ जलेकालाई १० १० हजार र घर जलेको परिवारलाई १५ हजार नगद र ४४ हजारको जस्ता पाता प्रदान गर्नु भएको हो । यस्तै नेपाल कम्युनिष्ट पार्टी वडा कमिटिले संकलन गरेको ६५ हजार र राष्ट्रिय युवा संघले संकलन गरेको ३० आगालागी पिडीतलाई मन्त्री अर्याले हस्तान्तरण गर्नुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…