मन्त्री अर्यालद्धारा अस्पताललाई पिपिई, गन थर्मोमिटर र सर्जिकल मास्क प्रदान

आँधीखोला खबर/वालिङ :
भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा कुमारी अर्यालले वालिङको ग्रहौं प्राथमिक अस्पताललाई बिभिन्न सामाग्री प्रदान गर्नुभएको छ ।
मन्त्री अर्यालले २५ थान पिपिई डे«ेस, १ थान थर्माेमिटर गन र ७०० थान सर्जिकल मास्क उपलब्ध गराउनुभएको हो । मन्त्री अर्यालको तर्फबाट नेकपा वालिङ नगरकमिटिका अध्यक्ष राजेन्द्र डुम्रे सहितको टोली अस्पतालमा पुगेर सामाग्री हस्तान्तरण गरेको हो । सो अवसरमा समाजसेवी एवं नेकपाका नेता कृष्ण खाँण, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेल लगायतको सहभागिता रहेको थियो
यसअघि २० हजार मास्क र गन थर्मोमिटर लगायतका सामाग्री जिल्ला बिपद व्यवस्थापन समिति मार्फत उपलव्ध गराउनु भएकी मन्त्री अर्यालले गल्याङ र कालीगण्डकीमा रहेका स्वास्थ्य संस्थाका लागि पनि ५/५ थान पिपिई र माक्स उपलब्ध गराउनुभएको बताईएको छ ।
अस्पताललाई प्राप्त भएका यस्ता अति आवश्यक सामाग्रीले सेवा प्रवाह गर्न निक्कै सजिलो हुने ग्रहौं प्राथमिक अस्पताल वालिङका अधिकृत तथा सुचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले बताउनु भयो ।

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…