पुस्तकमा लगाईएको करले बिद्यार्थी मारमा परेको भन्दै स्याङ्जामा हस्ताक्षर कार्यक्रम
आँधीखोला खबर/वालिङ :
सरकारले पुस्तकमा लगाएको भन्सार महसुल (कर)ले बजारमा पुस्तकहरु महङ्गीएको र पठन संस्कृतिमा समेत ह्रास आएको भन्दै स्याङ्जामा हस्ताक्षर अभियान शुरु गरिएको छ । make books tax free भन्ने अभियान चलाएर हस्ताक्षर संकलन शुरू गरिएकाे हाे ।
बिदेशीबाट नेपाल ल्याउनु पर्ने पुस्तकमा अनावश्यक रुपमा कर लगाउन थाले पछी पढ्ने संस्कृतिमा नै कमी आउन थालेको बिद्यार्थीहरुको भनाई छ ।
कर लगाईए पछि पुस्तक ब्याबसायिले भन्सारबट पुस्तकनै आयात गर्न छाडेको हस्ताक्षर अभियानका संयोजक गोविन्द कोईरालाले बताउनु भयो । बजारमा पुस्तकको कमी र कालोबजारी चलेको भन्दै आफूहरुले हस्ताक्षर अभियान शुरु गरेको कोईरालाको भनाई छ ।
वालिङका वालिङ् बहुमुखी क्याम्पस पाईनिज क्याम्पस, पुणामृत भवानी मावि र नेपाल आदर्श क्याम्पसमा कार्यक्रम गरिएको अभियानाका सहसंयोजक दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयो ।
कोरोनाका कारण सजग रहनुपर्ने भएकाले आफूहरुले चर्काे आन्दोलन नगरी हस्ताक्षर अभियान शुरु गरेको बिद्यार्थी खाँणले बताउनु भयो ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


