पुस्तकमा लगाईएको करले बिद्यार्थी मारमा परेको भन्दै स्याङ्जामा हस्ताक्षर कार्यक्रम

आँधीखोला खबर/वालिङ :
सरकारले पुस्तकमा लगाएको भन्सार महसुल (कर)ले बजारमा पुस्तकहरु महङ्गीएको र पठन संस्कृतिमा समेत ह्रास आएको भन्दै स्याङ्जामा हस्ताक्षर अभियान शुरु गरिएको छ । make books tax free भन्ने अभियान चलाएर हस्ताक्षर संकलन शुरू गरिएकाे हाे ।
बिदेशीबाट नेपाल ल्याउनु पर्ने पुस्तकमा अनावश्यक रुपमा कर लगाउन थाले पछी पढ्ने संस्कृतिमा नै कमी आउन थालेको बिद्यार्थीहरुको भनाई छ ।
कर लगाईए पछि पुस्तक ब्याबसायिले भन्सारबट पुस्तकनै आयात गर्न छाडेको हस्ताक्षर अभियानका संयोजक गोविन्द कोईरालाले बताउनु भयो । बजारमा पुस्तकको कमी र कालोबजारी चलेको भन्दै आफूहरुले हस्ताक्षर अभियान शुरु गरेको कोईरालाको भनाई छ ।
वालिङका वालिङ् बहुमुखी क्याम्पस पाईनिज क्याम्पस, पुणामृत भवानी मावि र नेपाल आदर्श क्याम्पसमा कार्यक्रम गरिएको अभियानाका सहसंयोजक दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयो ।
कोरोनाका कारण सजग रहनुपर्ने भएकाले आफूहरुले चर्काे आन्दोलन नगरी हस्ताक्षर अभियान शुरु गरेको बिद्यार्थी खाँणले बताउनु भयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…