स्याङ्जामा तमुवान–मगराँत प्रशिक्षण
स्याङ्जामा शुक्रवार तमुवान–मगराँत सम्बन्धि प्रशिक्षण गरिएको छ। समाजवादी पार्टीको विस्तार तथा सुदृढिकरण(बिसु)अभियान अन्तर्गत स्याङ्जा सदरमुकाम पुतलीबजारस्थित तमु समाज भवनमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीका प्रदेश इञ्चार्ज गणेशमान गुरुङले तमुवान–मगराँतको पहिचान कसैले लुट्न नसक्ने बताउनुभयो। आन्दोलन शसक्त बनाउन सकेमा तमुवान–मगराँत लगायतको पहिचान स्थापित र अधिकार प्राप्ति हुने दावी गर्नुभयो। मुलुक संघीयतामा गए पनि एकलवादी सोंच भएका शासकहरुले संघीयताको भावना विपरित पहिचान, ऐतिहासिकता, सँस्कृतिक, सभ्यता, सामाजिक साँस्कृतिक विविधताको अपमान गर्दै सात प्रदेश घोषणा गरेको उहाँको भनाई थियो।
अधिकारबारे आदिवासी जनजातिहरु सचेत भई संघर्षरत हुन आग्रह गर्दै नयाँ राजनीतिक विकल्प रोज्न नेता गुरुङको आग्रह थियो। तमुवान, मगराँत लगायतको एघार प्रदेश प्राप्तिका लागि समाजवादी पार्टी समुन्नत संघीय समाजवाद सिद्धान्तका साथ अघि बढेकाले समाजवादी अभियानमा विगतमा विभेदमा पारिएका वर्ग, समुदाय लामबद्ध हुनुपर्ने उहाँको आव्हान थियो।
कार्यक्रममा तमुवान राष्ट्रिय समितिका इञ्चार्ज रुद्रबहादुर गुरुङले तमुवान, मगराँत र आदिवासी जनजातिसहित बहुल राष्ट्रियताको अधिकार, स्वाभिमान, पहिचान र अस्तित्वको भावना भएकाले तमुवानका तमुहरु र मगराँतका मगरहरुले सामाजिक रुपले मात्र नभई राजनीतिक रुपले सचेत हुनुपर्नेमा जोड दिनुभयो। राजनीतिक शक्तिले नै पहिचान, अधिकार प्राप्तिलाई सुनिश्चित गर्ने भएकाले पुराना पार्टीलाई काखी च्यापेर आफ्नै भविष्य माथि खेलवाड नगर्न उहाँको सुझाव थियो।
समाजवादी पार्टी प्रदेशका सहइञ्चार्ज धनप्रसाद तामाङले प्रशिक्षणको क्रममा मुलुकको वास्तकिता, शासकको चरित्र, पुराना पार्टीहरुको रबैया र आदिवासी जनजाति लगायत विभेदमा पारिएका वर्ग समुदायको अवस्थाका बारेमा चित्रण गर्नुहुदै तमुवान, मगराँत बिना संघीयता अधुरो रहने ठोकुवा गर्नुभयो । राजनीतिको लामो इतिहास बोकेका पार्टीहरुबाट परिवर्तन, पहिचान, अधिकार, समृद्धिको कुनै संभावना नै नभएकाले सोंच बदल्न आग्रह गर्नुभयो।
तमुवान राष्ट्रिय समितिका अध्यक्ष हुमबहादुर गुरुङले तमुवान, मगराँतको आवाश्यकता, महत्व, वर्तमानसम्मका विभेद र राजनीतिक शक्तिको बारेमा प्रष्ट्याउनु हुदै पहिचान र अधिकार प्राप्तिका अभियानमा सचेततापूर्वक जुट्न आग्रह गर्नुभयो।
तमु समाजका अध्यक्ष भगत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजवादी पार्टी स्याङजाका उपाध्यक्ष क्याप्टेन डिलबहादुर थापामगर, धन्यवाद मन्तव्य अध्यक्ष ख्यामनारायण ढकाल र सचिव डिवी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो। राजधानी दैनिकबाट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


