भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन,घरबाट समेत बाहिर निस्किन नपाइने

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि घरबाट बाहिर निस्कन रोक लगाएको छ ।
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार) विहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो ।खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ । अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत बन्द गरिने भएको छ ।
बैठकले सवारी साधानमा रोक लगाउने, आन्तरिक उडान समेत बन्द गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक आवश्यक कर्मचारी उपस्थित हुनेगरी सम्बन्धी कार्यलय प्रमुखले बिदा दिने जनाएको छ । उद्योग कर्मचारीलाई समेत बिदा दिइने भएको छ ।
त्यसैगरी बजारमा अभाव देखाइ कालोबजारी गर्नेलाई कानून बमोमिम कारबाही गरिनेछ ।
उच्चस्तरीय बैठकले थप दुई वटा निर्णय गरेकाे समेत सरकारका प्रवक्ता खतिडाले क्वारेन्टाइनमा राखिनेलाई सबै सुरक्षा व्यवस्था मिलाइने जनाए । क्वारेन्टाइन मापदण्ड स्वीकार गरिएकाे उनले बताए ।
आइसोलेसन अस्पतालको रोकथाम तथा आवश्यकताअनुसार स्वास्थ्यकर्मीको परिचालन गर्ने समेत सरकारले निर्णय गरेको छ ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…