लियो क्लब अफ वालिङ सिटिको अध्यक्षमा दिक्षान्तप्रताप खाँण निर्वाचित
आँधीखोला खबर/वालिङ :
लियो क्लब अफ वालिङ सिटिको अध्यक्षमा दिक्षान्तप्रताप खाँण निर्वाचित हुनुभएको छ । क्लबको वालिङमा सम्पन्न अधिवेसनले सन २०२०÷०२१ का लागि खाँणलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले अध्यक्षीय सल्लाहकारमा विशाल बगाले,प्रथम उपाध्यक्षमा सुमना लामिछाने –मनिषा), द्धितिय उपाध्यक्षमा खुम शर्मा विपुल, तृतिय उपाध्यक्षमा प्रज्वल रनपाल,सचिवमा हरि रेग्मी, सहसचिवमा नेत्रबहादुर खत्रि, कोषाध्यक्षमा इन्द्रा श्रेष्ठ एन्जल, पिआरओमा सरोज लम्साल, क्लब निर्देशकमा मणि सुवेदी,सचेतकमा समिर श्रेष्ठ, संरक्षकमा किशोर बस्याल, कमिटि चियर पर्सनमा सिद्धान्तप्रताप खाँणलाई चयन गरेको छ ।

कार्यक्रममा लायन्स क्लबका पुर्व अध्यक्ष तथा ३२५ बि वान चिल्ड्रेन अवारनेस प्रसन चेतनारायण श्रेष्ठले क्लब स्थापनाको छोटो समयमा नै सामाजिक तथा रचनात्मक कार्यमा परिचित भएको भन्दै प्रशंशा समेत गर्नुभयो ।
त्यस्तै लायन्स क्लबका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले युवाहरुको क्रियाशिलता प्रति आफूहरुका सदैव साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रममा शिक्षक नवराज पौडेललगायतले बोल्नुभएको थियो । बर्ष २०१९ २० का अध्यक्ष विदुषा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मणि सुवेदी र सञ्चालन सचिव हरि रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खाँणले युवाको नेतृत्व विकास गर्दै सकरात्मक कार्यमा उत्प्रेरित गराउन आफू लागि पर्ने बताउनु भयो । उहाँले सबैको साथ र सहयोगले नै आफूहरुलाई सामाजिक कार्यमा लाग्न हौसला मिलिरहेको स्पष्ट पार्नुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


