लागु औषध सहित वालिङमा एक किसोर पक्राउ

आँधीखोला खबर/वालिङ :
लागूऔषध सहित स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १ बस्ने १९ वर्षीय सन्देश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिकलाई नियन्त्रित लागूऔषध सहित वालिङ ८ बाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो । बिकको साथबाट फेनरागन २० एम्पुल, नोर्फिन २० एम्पुल र डाईजेपाम २० एम्पुल बरामद गरिएको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनुभयो ।
प्रहरीले बुटवलबाट पोखराका लागि छुटेको ना ४ ख २३२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सन्देशलाई लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…