लागु औषध सहित वालिङमा एक किसोर पक्राउ
आँधीखोला खबर/वालिङ :
लागूऔषध सहित स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १ बस्ने १९ वर्षीय सन्देश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिकलाई नियन्त्रित लागूऔषध सहित वालिङ ८ बाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो । बिकको साथबाट फेनरागन २० एम्पुल, नोर्फिन २० एम्पुल र डाईजेपाम २० एम्पुल बरामद गरिएको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनुभयो ।
प्रहरीले बुटवलबाट पोखराका लागि छुटेको ना ४ ख २३२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सन्देशलाई लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


