दुबै मिर्गौला फेल भएका स्याङ्जाका विकलाई पूर्वविद्यार्थी समाजको आर्थिक सहयोग

स्याङ्जा कालीगण्डकी–४ मगरपँधेरा निवासी दुबै मिर्गौला फेल भएर उपचारका क्रममा रहेका दलबहादुर विकलाई जनता मावि पूर्वविद्यार्थी समाजले आर्थिक सहयोग गरेको छ ।
दुबै मिर्गौलाले काम गर्न छाडेपछि विक दुईवर्षदेखि उपचारका क्रममा काठमाडौंमा छन् ।
उनको उपचारमा सहयोगका लागि पूर्वविद्यार्थी समाजले सहयोग गरेको नारायण पाण्डेले जानकारी दिए । विकलाई एकलाख ३३ हजार २०० रुपैयाँ सहयोग गरिएको हो ।
पूर्वविद्यार्थी समाजका अध्यक्ष जलेश्वर पाण्डेको नेतृत्वमा पुगेको टोलीले उक्त रकम आइतबार हस्तान्तरण गरेको थियो । टोलीमा समाजका पदाधिकारीहरु कृष्णप्रसाद पाण्डे, भिमराज पाण्डेलगायतका थिए ।
विकको उपचारका लागि अझै पनि रकम उठाउने काम जारी रहेकाले फेरि पनि उनलाई आर्थिक सहयोग गर्ने तयारी रहेको समाजले जनाएको छ ।
गरिब परिवारका विकको उपचारमा सहयोग पुगोस् भनेर पूर्वविद्यार्थी समाजका तर्फबाट रकम उठाएर हस्तान्तरण गरिएको समाजका अध्यक्ष पाण्डेले बताउनु भयाे ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…