दुबै मिर्गौला फेल भएका स्याङ्जाका विकलाई पूर्वविद्यार्थी समाजको आर्थिक सहयोग
स्याङ्जा कालीगण्डकी–४ मगरपँधेरा निवासी दुबै मिर्गौला फेल भएर उपचारका क्रममा रहेका दलबहादुर विकलाई जनता मावि पूर्वविद्यार्थी समाजले आर्थिक सहयोग गरेको छ ।
दुबै मिर्गौलाले काम गर्न छाडेपछि विक दुईवर्षदेखि उपचारका क्रममा काठमाडौंमा छन् ।
उनको उपचारमा सहयोगका लागि पूर्वविद्यार्थी समाजले सहयोग गरेको नारायण पाण्डेले जानकारी दिए । विकलाई एकलाख ३३ हजार २०० रुपैयाँ सहयोग गरिएको हो ।
पूर्वविद्यार्थी समाजका अध्यक्ष जलेश्वर पाण्डेको नेतृत्वमा पुगेको टोलीले उक्त रकम आइतबार हस्तान्तरण गरेको थियो । टोलीमा समाजका पदाधिकारीहरु कृष्णप्रसाद पाण्डे, भिमराज पाण्डेलगायतका थिए ।
विकको उपचारका लागि अझै पनि रकम उठाउने काम जारी रहेकाले फेरि पनि उनलाई आर्थिक सहयोग गर्ने तयारी रहेको समाजले जनाएको छ ।
गरिब परिवारका विकको उपचारमा सहयोग पुगोस् भनेर पूर्वविद्यार्थी समाजका तर्फबाट रकम उठाएर हस्तान्तरण गरिएको समाजका अध्यक्ष पाण्डेले बताउनु भयाे ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


