कालीगण्डकी गाउँपालिकाका अध्यक्ष राहत सामाग्री लिएर गाउँगाउँमा

टिकाराम अधिकारी/गल्याङ :

विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश लकडाउन भएको पनि नवौं दिन भईसकेको छ । लकडाउनका कारण अतिविपन्न, दैनिकज्यालादारी गर्ने तथा विहान बेलुका श्रम गरेर खानेको परिवारमा समस्या देखिएको भन्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अतिविपन्न र मजदुरका परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
आफै राहत बोकेर गाउँगाउँ पुग्नु भएका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश यतिबेला लकडाउनमा रहेको र अतिविपन्न मजदुरहरुका लागि आफुहरुले राहतको कार्यक्रम शुरु गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो, खान नपाएर कालीगण्डकी गाउँपालिकाबासी समस्यामा पर्न दिनेछैन । तत्कालको लागि १५ लाखकोे विपत व्यवस्थापन तथा कोरोना रोकथाम तथा राहत कोष स्थापना गरेर काम शुरु गरेको बताउदै अध्यक्ष थापाले लकडाउनको अबधीमा कुनै समस्या आए वडाअध्यक्ष वा आफूलाई सिधै फोन गर्न समेत आग्रह गर्नुभयो । उहाँले आवश्यक परे बजेट थप गरिने समेत जानकारी दिनुभयो ।

.


यो पहिलो चरणको राहत हो र यसमा प्रत्येक वडाबाट तथ्याङ्क लिएर अभियान थालनी गरेको बताउदै अध्यक्ष थापाले १ देखि ५ जनाको परिबारलाई १० किलो चामल २ किलो दाल र १ किलो नुन दिएका छौ र १ देखि ८ जनाको परिवारलाई १५ किलो चामल ३ किलो दाल र १ किलो नुन वितरण गर्ने नीति बनाएर वितरण गरिएको जानकारी दिनुभयो ।
पहिलो चरणमा १९० घर परिवारलाई राहत स्वरुप खाद्यान सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । आज मात्रै वडा नं ४ मा २८ घर वडा नं ५ मा १८ घर, वडा नं. ६ मा २५ घर र वडा नं ७ मा १९ घरमा गरि आज ९० घरमा वितरण गरिएको र वाँकी वडा नं १,२,३ का करिब १०० घरमा भोलि वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले जानकारी दिनुभयो ।
उहाँले भन्नु भयो आज दुई वटा गाडीमा राहतका सामग्री लिएर वडा वडामा पुगेर राहत वितरण गरिएको बताउनु भयो ।

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP