होली पर्वलाई विगतजस्तै गरी नमनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आग्रह

jipraka_syangja

आँधीखोला खबर/स्याङ्जा :
कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ख्याल गर्दै होली (फागु) पर्वलाई विगतजस्तै गरी नमनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाबासीमा अनुरोध गरेको छ ।
“रंग छ्याप्ने, अबिर दल्ने,लोला तथा पानी छ्याप्ने आदि कार्यबाट कोरोनाको संक्रमण थप जोखिम पूर्ण हुनेहुँदा यस्तो कार्य नगर्न नगराउनुहन सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरिन्छ” प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङद्धारा हस्ताक्षरित प्रेस नोटमा भनिएको छ ।
त्यस्तै अर्काे निर्णय नभए सम्मका लागि मेला महोत्सव, सभा सम्मेलन,समुह भेला लगायतका भीडभाड हुने कार्यक्रम नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । प्रजिअ कुरुम्वाङले जारी गर्नु भएको प्रेस नोटमा जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीता कुमारी सुन्दासको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको उल्लेख छ ।

Facebook Comments Box
TOP