बालगृहलाई समाजसेवी खाँणको स्यानिटाइजर र पञ्जा उपहार
हिमलाल पराजुली/स्याङ्जा :
फेदीखोला गाउँपालिका १ मा रहेको बालगृहलाई कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट बचन सहयोग पुर्याउने उद्देश्यले वालिङ १ राम्बाचछाका समाजसेवी कृष्ण खाँणले स्यानिटाइजर र पञ्जा सहयोग गर्नु भएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रमा सहयोग पुगोस भनेर आफले बालगृहमा रहेका बालबालिकाको लागि सो सहयोग गरेको खाँणले बताउनु भयो । समाजसेवी खाँण नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता समेत हुनु ।
बालगृहकी सञ्चालक कमला पराजुलीले विश्व भरि महामारीको रुपमा फैलीएको कोरोना भाइरसको संक्रमणले सबैलाई त्रसित बनाइरहेको बेला बालगृहमा आफुले पनि उच्च सतर्कता अपनाए पनि स्यानिटाइजर र पञ्जाको अभाव भएकोमा अमोर सेवा नेपाल बालगृहको लागि बालगृहमै आएर सहयोग गरेकोमा आफुलाई निकै खुसी लागेको बताउनु भयो ।
अमोर सेवा नेपाल बालगृहमा हाल १५ बालक र ५ बालिका गरि २० जना रहेका छन् । २०६८ सालमा स्थापना भएको सो बालगृहमा आफन्त गुमाएका बेसाहारा बालबालिकाले आश्रय लिदै आएका छन् ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


