कोरोनाको रोकथाम:गण्डकी प्रदेश प्रवेश गर्दा स्वास्थ्य परिक्षण गरिने, राम्दीमा खुल्यो हेल्थ डेस्क
आँधीखोला खबर/गल्याङ :
गण्डकी प्रदेश प्रवेश गर्दा अव स्वास्थ्य परिक्षण गरिने भएको छ । कोरोनाको संक्रमणको रोकथामका लागि गण्डकी प्रदेश र प्रदेश नम्वर ५ को सिमा नाका राम्दीमा हेल्थडेस्कको स्थापना गरिएको हो । गल्याङ नगरपालिकाले स्थापना गरेको हेल्थडेस्कमा प्रदेश प्रवेश गर्दा स्वास्थ्य परिक्षण गरिने व्यवस्था मिलाईएको हो ।
हेल्थडेस्कको स्थापना गर्र्दै गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट साबधानी अपनाउन डेस्क स्थापना गरिएको बताउनुभयो । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको भन्दै प्रमुख अधिकारीले नआत्तिन तर सचेत रहन आग्रह गर्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘कोरोनाको संक्रमणबाट बच्नका लागि साबधानी अपनाउन जरुरी छ तर आत्तिएर मात्रै हुँदैन ।’
कोरोनाको संक्रमण अन्त्य नभएसम्म हेल्थ डेस्क यथावत रहने जानकारी दिदै उहाँले त्यसका लागि आवश्यक सबै तयारी गरिएको स्पष्ट पार्नुभयो ।
ठूला सम्मेलन, भेला जस्ता धेरै जम्मा हुने कार्यक्रमहरु नगरपालिकाबाट रोकिएको भन्दै अधिकारीले धेरै व्यक्तिहरु जम्मा हुने खालका कार्यक्रमहरु नगर्न नगरबासीहरुलाई आग्रह समेत गर्नुुभयो ।

राम्दी गण्डकी प्रदेशमा भारत सहित पाँच नम्बर प्रदेशबाट भित्रिने मुख्य नाकाको रुपमा चिनिन्छ ।
गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले हेल्थ डेस्कमा चेकअप पछि शंकास्पद देखिएमा पोखरामा रहेको आइसोलेसनमा पठाउने जानकारी दिनुभयो ।
उहाँले हेल्थ डेस्कमा खास गरी शंकास्पद व्यक्तिहरु र विदेशबाट आएका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिने बताउनुभयो ।
डेस्कमा नगरपालिकाबाट दुई जना स्वास्थ्य कर्मीसँगै कम्तिमा एक जना सुरक्षाकर्मी नियमित रुपमा रहने भण्डारीले जानकारी दिनुभयो ।
यसैवीच, कोरोना संक्रमणबाट साबधानी अपनाउन गल्याङ नगरपालिकाले विशेष कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
नगरबासीहरुलाई धेरै नआत्तिन र सचेत रहन आग्रह गर्दै नगरपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
आइतबार बसेको नगर कार्यपालिकाको बैठकले नगरप्रमुखको संयोजकत्वमा समन्वय समिति गठन पनि गरेको छ ।
साबधानी अपनाउनका लागि आवश्यक काम गर्न समिति गठन गरिएको हो । समितिले कसैमा कोरोना भाइरसको संक्रमण शंका लागेमा अस्पतालसम्म लैजाने देखि आवश्यक सबै खालको सहयोग गर्ने पनि निर्णय भएको छ ।
यसैगरी, ११ वटै वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस सम्बन्धि जनचेतना जगाउने खालका कार्यक्रमहरु सञ्चालन गर्नका लागि समितिहरु गठन गरिने भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


