सरकारी कार्यालय खुल्छन् तर सबैले सेवा प्रवाह गर्दैनन,पसल/यातायात के गर्ने (जानकारी सहित)

jipraka_syangja

स्याङ्जा :
प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवाबाहेक अन्य सेवा दुई साताका लागि बन्द गर्ने घोषणा गरे पनि सरकारी कार्यालय भने बन्द नहुने भएका छन् । सरकारी कर्मचारी भने नियमित आफ्नो कार्यालयमा जानुपर्ने सरकारले जनाएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले सर्वसाधारणको भीडभाड नहोस् र संक्रमणको कुनै जोखिम नरहोस भनेर अत्यावश्यक बाहेकका सरकारी सेवामात्र बन्द गरिएको तर सरकारी अड्डाहरु भने बन्द नहुने बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्ने बताउनु भएको थियो ।
प्रधानमन्त्रीको सम्वोधनसँगै सामाजिक सञ्जालमा निक्कै सक्रिय रहनु भएका स्याङ्जाका प्रजिअ कुरुम्बाङले धेरैको जिज्ञासा मेटाउने काम समेत गर्नु भएको थियो । उहाँका अनुशार अत्यावश्यक सेवा अन्तरगत नपर्ने कार्यालयहरु पनि नियमित खुल्नेछन् तर सेवा प्रवाह भने हुनेछैन । सार्वजनिक बिदा नै हो की भनेर अन्योलमा परेका कर्मचारी तथा सर्वसाधारणलाई प्रजिअको सक्रियताले प्रश्ट्याउने काम गरेको थियो ।
के सरकारी कर्मचारी नियमित कार्यालय जानु पर्छ अनि सेवा लिन पाईन्छ ?
हो, सरकारी कर्मचारी नियमित कार्यालय जानु पर्नेछ, कुनै समस्या आएमा उनीहरुलाई तत्कालै अन्यत्र प्रयोग गर्न सकियोस् भनेर नै कर्मचारीलाई बिदा नदिईएको प्रजिअ कुरुम्बाङले बताउनु भयो । सेवाग्राही सेवा लिन कार्यालयमा पुगे पनि सेवा लिन भने पाउनेछन्् । त्यसैले कार्यालय खुल्छन् क्यारे भनेर सेवा लिन भन्दै कार्यालयमा नजान प्रजिअ कुरुम्बाङले सर्वसाधारणलाई आग्रह गर्नु भएको छ ।
कस्ता पसलहरु खुल्छन् ?
अत्यावश्यक पसलहरु खोल्न कुनै रोक हुनेछैन जस्तै खाद्यान्न, औषधी होटल आदि, तर कपडा,बिजुली लगायतका अत्यावश्यक भित्र नपर्ने पसलहरु भने बन्द गर्ने प्रशासनको तयारी छ । प्रजिअ कुरुम्बाङले भन्नुभयो, जनता आफै पनि सचेत बनेर भुमिका खेल्नु पर्ने बवस्था छ ।
यातायात सञ्चालन गर्न पाईछ ?
सार्वजनिक यातायातहरु सोमवारबाट केही दिनका लागि बन्द गर्ने प्रधानमन्त्री ओलीले सम्वोधनमा नै बताई सक्नु भएको छ । लामो तथा छोटो दुरीका सार्वजनिक यातायात समेत बन्द गर्ने प्रशासनको तयारी छ । प्रजिअ कुरुम्बाङका अनुशार भिडभाड र आवतजावत नियन्त्रण गर्ने उद्येश्यका साथ यातायात सञ्चालनमा रोक र नियमन गर्न लागिएको हो । आज जिल्ला प्रशासन कार्यालय स्याङ्जामा हुने बैठकले थप निर्णय र सरकारको निर्देशनलाई कार्यान्वयनतहमा लैजाने प्रजिअ कुरुम्बाङले बताउनु भयो ।
के हिडडुल गर्न रोक लागेको छ ?
हिडडुल नै गर्नको लागि रोक भने लागेको छैन तर नागरिक आफै सचेत बनेर सुरक्षित तरिकाले बस्नु पर्ने हुन्छ । सरकारले नागरिकलाई सुरक्षित बनाई राख्ने उद्येश्यका साथ यस्ता कदम चालेको प्रशासनको भनाई छ ।
के नेपालमा कोरोनाका बिरामी भेटिएकाछन् ?
यो समाचार तयार पार्दा सम्म नेपालमा कोभिड १९ कोरोना भाईरस रोग लागेका बिरामी छैनन् एक जनामा प्रमाणित भएको भए पनि उनी निको भएर घर गईसकेकाछन् । तर छिमेकी देश चिन र भारत सहित बिश्व भर यसले आतंक नै मच्चाएकाले नेपालमा पनि सजगता अपनाईएको हो ।
बालबच्चालाई कसरी राख्ने ?

लबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो ।

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्णविकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पुर्‍याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए। उनले अहिले सबै विद्यालय बन्द भइसकेका कारण बालबालिकालाई घरमा सुरक्षित कसरी राख्ने भन्ने विषयमा ध्यान पुर्‍याउनुपर्ने जानकारी दिँदै भने, ‘कोरोनाको त्रास र भ्रम फैलाउनु हुँदैन । बालबालिकालाई कोरोनाको त्रास दिएमा मानसिक समस्या आउँछ ।

उनले बालबालिकालाई नेपालमा कोरोना आएको छैन तर सुरक्षा भने अपनाउनुपर्छ यो रोग लाग्दैमा मर्ने होइन जस्ता कुरा सम्झाउनुपर्ने जानकारी दिए। अभिभावकहरू आतङ्कित नहुन सुझाव दिँदै उनले थपे, ‘बालबालिकाको मृत्युदर निकै कम छ, सही सूचना प्रवाह गर्नुपर्छ । खानपिनमा ध्यान दिनुपर्छ सकभर बाहिरको खुवाउनुु हुँदैन ।’

पोषणविद् डा. अरुणा उप्रेती अभिभावकलाई आतङ्कित नहुन सुझाव दिन्छन् । जटिलता छैन तर सुरक्षा अपनाउनुपर्ने उनले बताए। बालबालिकालाई साबुनपानीले हात धुनुपर्छ भन्ने सिकाउनुको साथै नाक, मुखमा हात लैजान नहुने ज्ञान दिनुपर्छ

मौसम परिवर्तनका कारण सामान्य रुघा, खोकी लाग्न सक्ने भएकाले पोषिलो खानेकुरा खानुपर्छ भने बालबालिकालाई क्वाँटीको झोल अथवा मनतातोपानी वा दूध बेसार र कालो मरिच मिसाएर दिनुपर्छ भन्दै उनी थप्छन्, ‘यस्ता खाने कुरा रोगसँग लड्ने क्षमता बढाउनका लागि हो ।’

रोगसँग लड्ने क्षमता विकासले रोग लाग्न नदिने हो । त्यसलै रुघा, खोकीबाट बच्नुपर्छ जसले निमोनिया हुन दिँदैन । अहिले झाडा, पखाला लाग्ने पनि मौसम भएकाले हात धुने बानीले यस प्रकारको रोगबाट बच्च सहयोग गर्ने डा. उप्रेतीले जानाकारी दिए।

Facebook Comments Box
TOP