गल्याङमा क्वारेन्टाइनमा बस्ने १ सय ८ पुगेयो


आँधीखोला खबर/गल्याङ :

स्याङजाको गल्याङ नगरपालिकामा होम क्वारेन्टाइनमा बस्ने थपिएका छन् ।

गल्याङ नगरपालिकामा होम क्वारेन्टाइनमा आज सम्म १ सय ८ जना पुुगेको गल्याङ नगरपालिकाले जानकारी दिएको छ ।

यस्तै नगरका सवै वडाहरुले विदेशबाट आउने व्यक्तिहरुको पहिचान गरि लगत संकलन गर्न थालेको छ ।

त्यस्तै वडा नम्बर ६ ले ५ शैयाको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ ।

नगरपालिका भित्र वडा नम्बर २ मा छ शैया, ३ मा २५ शैया, ६ मा पाँच शैया र १० मा पाँच शैया गरि नगरमा जम्मा ४१ वटा शैयाको क्वारेन्टाइन कक्ष निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

विशेष गरी अन्य देशबाट भित्रिएका व्यक्तिहरुको निगरानी गर्नका लागि वडाहरुमा क्वारेन्टाइन कक्ष निर्माण गरिएको हो ।

नगरका सवै वडामा घरमा नै क्वारेन्टाइनको व्यवस्था अनुसार व्यक्तिको निगरानी गरिएको छ ।

यसअघि वडा नम्बर १ मा चार जना, २ मा सात, ३ मा तिन जना, ४ मा ८ जना, ७ मा १८ जना घरकै क्वारेन्टाइनमा बसेका छन् ।

यस्तै ८ नम्बर वडामा ८ जना, ९ मा सात जना, १० मा ८ जना र ११ नम्बर वडामा १३ जना घरकै क्वारेन्टाइनमा बसेको वडाअध्यक्षहरुले जानकारी दिनुुभएको छ ।

क्वारेन्टाइनमा बस्ने अधिंकाश नागरिक भारतबाट आएका नागरिक छन् । भने दुबई, कतार र साउदीबाट आएका पनि क्वारेन्टाइनमा छन् ।

गल्याङ नगपालिकामा सबै वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस नियन्त्रण समिति गठन भएको छ ।

Facebook Comments Box
TOP