गल्याङ नगर अस्पतालमा आइसोलेशन वार्डको स्थापना
स्याङ्जा : विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट साबधानी अपनाउन स्याङ्जाको गल्याङ नगर अस्पतालमा आइसोलेशन वार्डको स्थापना गरिने भएको छ ।
नगरप्रमुख भुपराज अधिकारीको संयोजकत्वमा गठित कोरोना रोकथाम समन्वय समितिको आइतबार बसेको बैठकले नगर अस्पतालमा आइसोलेशन वार्ड स्थापना गर्ने निर्णय गरेको हो ।
गल्याङ नगरपालिका वडा नम्बर तीन गल्याङबजार बल्पुुुुकमा नगरपालिकाको स्वामित्वमा रहेको नगर अस्पतालमा आइसोलेशन वार्ड स्थापना गर्न आवश्यक काम गर्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख तथा समिति सदस्य लिला भण्डारीले जानकारी दिनुभयो ।
नगर अस्पतालको भवनसँगै रहेको खाली रहेको विद्यालय भवनलाई आइसोलेशन वार्डका लागि प्रयोग गरिने भएको हो ।
यस्तै, बैठकले आवश्यकता अनुसार सबै वडाहरुमा क्वारेन्टाइनका लागि आवश्यक काम गर्न वडाध्यक्षको संयोजकत्वमा समिति गठनको निर्णय पनि गरेको छ ।
समितिले सम्बन्धित वडामा बाहिरबाट आउनेहरुका लागि क्वारेन्टाइनको निर्माण गर्नेछ । यसका लागि घरमा नै छुट्टै बस्ने वातावरण मिलाउने र त्यसो हुन नसके अन्य ठाउँमा व्यवस्थापन गर्ने काम गर्ने स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
यस्तै, अत्यावश्यक बाहेकका कार्यालयहरु सञ्चालन नगर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, अत्यावश्यक बाहेकका पसल तथा कार्यालयहरु बन्द गर्नका लागि सम्पूर्ण नगरबासीलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ । यसको समन्वय गर्ने जिम्मा गल्याङ चेम्बर अफ कमर्श र उद्योग वाणिज्य संघलाई दिइएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …