स्याङ्जाका गैह्रे दम्पतीले दिए एक महिनाको भाडा छुट

श्रीकृष्ण सिग्देल/स्याङ्जा :

कोरोना भाइरसले विश्वलाई आतकिंत पारिरहेको छ । यसबाट नेपाल पनि उच्च जोखिमको लडाईमा रहेको छ । कोरोना भाइरस फैलन नदिन सरकारले एक साताका लागि मुलुकलाई लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण सबै नेपाली जनता अहिले घर—घरमा होम क्वारेन्टाईनमा बसेका छन् । यसलाई मध्यनजर गर्दै स्याङ्जाका गैह्रे दम्पतीले एक महिनाको सटर भाडा छुट दिएका छन् । वालिङ ८ निवासी श्यामप्रसाद गैह्रे र बसुन्धरा गैह्रेले वालिङ मोडमा रहेका ३ ओटा सटरको भाडा नलिने बताएका छन् । मुलुकमा परेको संकटले हामीलाई पनि दुखीत तुल्याएको छ गैह्रे दम्पतीले भने,“यो विपत्तीमा ठुलो सहयोग गर्न नसकेपनि सटर भाडा छुट दिन मन लाग्यो ।”
मोडमा रहेका गैह्रे मोवाईल पसल, बविता स्टोर्स र गह्रौकालिका फलफुल पसलको भाडा छुट दिने घोषणा गरेका हुन् । तिनओटा सटरबाट करिव मासिक ४० हजार भाडा गैह्रे दम्पतीले बुझ्ने गरेका थिए । व्यवसायीको व्यपार नभएपछि दम्पतीले घर भाडा छुट दिने प्रण गरेको गैह्रे दम्पतीका छोरा बिष्णु गैह्रेले जानकारी दिए । स्याङ्जामा घरभाडा छुट दिने पहिलो व्याक्तिका रुपमा गैह्रे परिवार रहेका छन् । यसको चौतर्फी प्रंशसा गरेका छन् । यही माहामारीको अवस्थामा समाजसेवी कृष्ण खाँण र विजय विक्रम खाँणले आफ्नो सवारी साधन निशुल्क प्रयोग गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । वालिङका स्वास्थ्यकर्मी देवेन्द्र भट्टराईले पनि यो माहामारीका बेला एक महिनाको तलव सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP