नेपालमा तेस्रो कोभिड-१९ संक्रमित फेला

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । तर उनी विदेशबाट आएका या नेपालमै रहेका भन्ने मन्त्रालयले खुलाएको छैन ।
यसअघि एक जनालाई कोरोना लागेर निको भएको थियो भने चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको वेवसाइटमा अर्को कोरोना संक्रमित भेटिएको उल्लेख गरिएको छ। )
Facebook Comments Box
समाचार
थप सामाग्री
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
२ दिन अगाडि
गण्डकी– पोखरा स्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने…