गाँउ गाँउमा कोरोना भाइरसबारे सचेतना फैलाउदै भीरकोट जेसीज

आँधीखोला खबर/भीरकोट :
विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसबारे सचेतना जगाउन स्याङ्जाको भीरकोट जेसीजले जानकारीमुलक अभियान शुरु गरेको छ ।
भीरकोट जेसीजले नगरपालिकाका बिभिन्न वडामा अभियान सञ्चालन गर्ने जनाएको छ । यसैवीच
भीरकोट ६ उजेलीडाँडामा रहेको भाग्योदय माबिमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै भीरकोट ५ का अध्यक्ष एबं वालिङ जेसीजका पूर्ब अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणले स्वास्थ्य बारे सचेत रहन सबैलाई आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष लक्ष्मण खत्री र बिद्यालयका प्रधानाध्यापक रेशमराज रेग्मी लगायतले बोेलेका थिए । सो अवसरमा खिलुङ देउराली स्वास्थ्यचौकीका प्रमुख दिपेश नेपाललीले कोरोना बारे जानकारी गराउनु भएको थियो ।
भीरकोट जेसीजका अध्यक्ष मिना खाँणको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यकारिणी उपाध्यक्ष प्रसुन मगरले गर्नु भएको थियो ।
कार्यक्रममा बिद्यालयका बिद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो । यस्तै जेसीसले जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


१००.४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी यस भाइरसका लक्षण हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभीड–१९ भनिने यो भाइरस खोक्दा र हाछयँु गर्दा निस्कने थुकबाट एवं संक्रमित मानिसले छुँदा पनि सर्छ । नोबल कोरोना भाइरस नयाँ किसिमको भाइरस भएको र हालसम्म खोप र उपचारविधिमा प्रगति हुन नसकेकाले सरसफाइ अपनाउन तथा संक्रमण फैलिनबाट बच्न स्वास्थ्यकर्मीले बताएकाछन ।
नियमित रुपमा साबुनपानीले हात धुने, खोक्दा र हाछ्यँु गर्दा नाक र मुख छोप्ने एवं रुघा खोकीकोजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, त्यस्तो लक्षण हुने व्यक्तिको सम्पर्कबाट टाढा रहने, जंगली तथा घरपालुवा पशुपंछीसँग टाढा रहने, पशुजन्य मासु र अण्डा राम्रोसँग पकाएर खाने, सार्वजनिक स्थानमा जादा मास्क लगाउने आदि जस्ता सावधानी अपनाउनुपर्ने कार्यक्रममा जानकारी गराईएको थियो ।

Facebook Comments Box
TOP