अब पोखराबाटै कोरोना परीक्षण : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) बाट गरिने
पाेखरा : कोरोना भाइरस लागे नलागेको थाहा पाउन पीसीआर मेसिन अन्ततः पोखरा आइपुगेको छ।
बिरामीको स्वाब परीक्षण गर्ने पीसीआर मेसिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरण गरेसँगै यो अन्योल हटेको हो।
हेल्किोप्टर अवतरण गरेसँगै मेसिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद पनि अब टुंगिएको छ। प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
सामान कहाँ राख्ने भन्ने पूर्वतयारी नहुँदा र प्रतिष्ठानका जिम्मेवार व्यक्तिबीच समन्वय हुन नसक्दा यस्तो समस्या देखिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘हिजो हेलिकप्टर व्यवस्थापन गर्न नसकेर मेसिन आएको थिएन, आज बिहानै मेसिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ, कहाँ राख्ने भन्ने विषयमा पनि धेरै विवाद देखियो, अन्ततः छलफलपछि यो टुंगिएको छ।’ श्रेष्ठले मेसिन आएसँगै गण्डकी प्रदेशका बिरामीको परीक्षण सहज हुने बताए।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …