संक्रमित युवासँगै आएका स्याङ्जाका अर्का युवाको पनि नेगेटिभ आयो कोरोनाको परिक्षण
राधाकृष्ण डुम्रे/स्याङ्जा :
धादिङका ३२ बर्षीय कोरोना संक्रमित युवासँगै एयर अरेबियाको फ्लाइटमा आएका स्याङ्जाका एक युवाको कोरोना परिक्षण नेगेटिभ आएको छ । फेदीखोला गाँउपालिका वडा नम्वर २ घर भएका ति युवाको स्वाब परिक्षण पनि नेगेटीभ आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
चैत्र ६ गते कोरोना भाइरसको सक्रमित युवा दुबईबाट शारजहाँहुँदै काठमाडौँ आएका थिए । उनी आएको विमानमा १ सय ७० जना यात्रु सवार रहेको विवरण यस अघि नै सार्वजनिक भईसकेको छ । एयर अरेबियाको फ्लाइट नम्बर जी ९ ५३७ मा आएका स्याङ्जाका ती युवालाई हाल गाउपालिकाको क्वारेन्टाइनमा राखिएको फेदिखोला गाउपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । उनको स्वाब परिक्षणको लागि कोभिड १९ को विशेष टोली मार्फत हिजो परिक्षणको लागि टेकुमा पठाइएको थियो ।
यसअघि कतार एयरवेजमा कोरोना संक्रमित युवती सँगै आएका स्याङ्जाका छ जना मध्ये एक दम्पत्ती र एक युवाको परिक्षण पनि नेगेटिभ आएके थियो । उनीहरु पनि स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा नै रहेकाछन् । चैत्र ४ गते कतार एयरवेजको क्यु आर ६५२ मा फ्रान्सबाट आएकी युवतीमा कोरोनो संक्रमित भएको पुष्टी भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


