कोरोनाको असरःटोकियो ओलम्पिक स्थगित
आउँदो जुलाई महिनामा हुने भनिएको टोकियो ओलम्पिक स्थगित भएको छ ।
आज बसेको आयोजकको बैठकले कोरोनाका कारण जापानको टोकियोमा हुने भनिएको ओलम्पिक अर्को वर्षको लागि सार्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।ओलम्पिक स्थगित भएसँगै आयोजक, टेलिभिजन र स्पोन्सरलाई करोडौं डलर घाटा हुने जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
जापानले २/३ महिना पर धकेलेर भए पनि यसै वर्ष ओलम्पिक गर्ने अडान लिएपनि अष्ट्रेलिया, बेलायत र क्यानेडाले ओलम्पिक सार्नुपर्ने भन्दै खेलाडी नपठाउने घोषणा गरेपछि सार्न दबाव पुगेको थियो ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक सार्न सहमति जनाएपछि प्रतियोगिता एक वर्षका लागि सारिएको हो ।
जापान सरकारले ओलम्पिक एक वर्षका लागि सार्न अनुमति मागेकोमा आईओसीका अध्यक्ष थोमस बाकले सहमति जनाएका हुन्। यस्तै टोकियो पाराओलम्पिक पनि एक वर्षका लागि सरेको छ ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


