एक महिनाको तलव कोरोना रोकथाम कोषमा जम्मा गर्ने स्वास्थ्यकर्मी/लायन्स क्लवका अध्यक्ष भट्टराईको घोषणा ।
आँधीखोला खबर/वालिङ :
ग्रहौं प्राथमिक अस्पतालमा कार्यरत सिअहेव अधिकृत तथा लायन्स क्लव अव वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले एक महिनाको तलव सरकारले गठन गरेको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ । विगत २५ बर्ष देखि स्वास्थ्य सेवामा कार्यरत अधिकृत भट्टराईले आफूले जानेको ज्ञान, सीप र क्षमताले बिरामीको परिक्षण गर्नुको अलवा तलव समेत प्रदान गर्ने घोषणा गर्नु भएको छ । उहाँले फेसवुकमा स्टाटस लेख्दै कोषमा जम्मा गर्ने जानकारी गराउनु भएको हो । रेडक्रस उपशाखा वालिङका संस्थापक तथा निर्वतमान् अध्यक्ष समेत रहनु भएका भट्टराईले आफुले काम गर्ने टाईम हेल्थ केयर मार्फत अशक्त, अशहाय तथा उपचार गर्न नसक्नेहरुका लागि केही समय निशुल्क उपचार गर्ने बताउनु भएको छ ।
आँधीखोला खवर डटकमका अध्यक्ष समेत रहनु भएका भट्टराई बिभिन्न सामाजिक क्रियाकलापमा समेत सक्रिय रहदै आउनु भएको छ ।
यसैवीच समाजसेवी कृष्ण खाँणले आफ्ना दुईवटा सवारी साधन निशुल्क उपलव्ध गराउने घोषणा गर्नु भएको छ । राजनीतिमा समेत सक्रिय रहनु भएका खाँणले आफ्नो बा १७ प ८११६ नम्वरको नीजि स्कारपियो र लु ५६ प ३१२१ नम्वरको पल्सर मोटरसाईकल निशुल्क उपलव्ध गराउने घोषणा गर्नु भएको हो । समाजसेवी खाँणले कोरोनाको रोकथाम र सुरक्षाका लागि आफ्नो गाडी प्रशासन तथा स्वास्थ्यकर्मीले प्रयोग गर्न सक्ने आँधीखोला खबर डटकमलाई जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


