काेराेनाकाे डर : चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउदो चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ ।
कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकोले चैत ५ गतेभित्र नै परीक्षा लिन देशभरका विद्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो । यस्तै मन्त्रालयले सामूहिक भेला, सेमिनार, गोष्ठी लगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


