दुबईबाट फर्केका ३४ वर्षीय युवकमा पनि संक्रमण पुष्टि,संक्रमितको संख्या ४ पुग्यो
काठमाडौँ- नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुबईबाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेका ३४ बर्षे पुरूषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका छन्।
स्वास्थ्य मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै उनी उपत्यकाबाहिरबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएका पहिलो व्यक्ति भएको पनि उल्लेख गरेको छ।
यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


