कोरोना सतर्कता : कोरोना संक्रमण भएमा उपचारको जिम्मा नगरपालिकाले लिने

चापाकोट : स्याङ्जाको चापाकोट नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नगरबासिलाई सुरक्षित राख्न आवश्यक तयारी थालनी गरेको छ । विश्वव्यापी माहामारीको अवस्थामा नेपालमा आइपर्ने कोरोना संक्रमणको संकट समाधान गर्न नगरपालिकाले आफ्ना नगरवासीहरुलाई सचेतना कार्यक्रम प्रत्येक वडा वडामा सन्चालन गर्ने गरी नगरस्तरीय विपत व्यवस्थापन समिती गठन गरिएको नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिए ।
नगरप्रमुख गिरीका अनुसार विश्वलाई आतंकित बनाएको कोभिड १९ को संक्रमणबाट नगरबासिलाई सुरक्षित बनाउन र आवश्यक सावधानी अपनाउनका लागि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न वडा वडामा स्वास्थ्य समिति गठन गरी कार्यक्रमहरु अगाडि बढाएको जानकारी दिए । स्वास्थ्य संस्थाहरुलाई सहज रुपमा स्वास्थ्य उपचार तथा परामर्शको सेवा प्रभावकारी बनाउने व्यवस्था समेत मिलाएका छौं नगर प्रमुख गिरीले भने, “नगरपालिकामा यदि कोही नगरबासिमा यो भाइरसको संक्रमण भेटिए वा प्रभावित भएमा तत्काल उपचारको प्रवन्ध मिलाईसकेका छौं ।”

नगरबासिमा कोरोना भाइरस सम्बन्धी कुनै लक्षण देखिए वा विरामी भएमा स्वास्थ्य उपचारको लागि तत्काल आईसोलेशनमा राख्ने र थप उपचारको लागि अन्यत्र लैजाने प्रवन्ध मिलाइसकिएको छ । संक्रमण नेपालमा आइसकेको छैन तसर्थ त्रास फैलाउनुभन्दा सतर्कताका लागि गाँउ गाँउ सम्म यसवाट बच्ने उपायका लागि सचेतना जगाउन आम नगरवासीलाई आग्रह गरेका छन् । संक्रमण भइहालेमा नागरिकको स्थास्थ्य उपचारको क्रममा लाग्ने आर्थिक व्यायभार नगरपालिकाले वेहोर्ने समेत नगर प्रमुख गिरीले जानकारी दिए ।

यस्तै जनचेतना मुलक कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले ६ लाख रुपैयाँको आपत्कालिन कोष खडा गरेको छ । कोरोना भाइरसका कारण उद्योग, व्यापार, व्यवसाय, होटल लगायतका व्यवसायिक क्षेत्रमा क्षति पुगेमा राहतका कार्यक्रम सञ्चालन गरिने पनि नगरप्रमुख गिरीले बताए । उनले भने, “यो संक्रमणकालिन अवस्थामा कुनै उद्योग, व्यवासय धरासायी बन्ने अवस्थामा पुगे निवेदनका आधारमा अनुगमन गरी राहत उपलब्ध गराउने विषयमा सहजिकरण गर्नेछौ ।”

१० वटै वडामा साबुन पानीले हात धुने बेबस्था मिलायको छ । साथै चापाकोट नगरपालिका का नगरबासी हरु लाई कुनै लक्ष्यण देखा परेमा चापाकोट नगरपालिका ले निशुल्क रुप मा औसधि लगायत अन्य परामर्श गर्ने बेबस्था गरेको छ ।साथै चापाकोट नगरपालिका प्रवेश गर्ने नाका हरु मा हेल्प डेस्क राख्ने तयारी गरेको छ ।

नगरपालिकाले आम उपभोक्तालाई असर पर्ने गरी दैनिक उपभोग्य वस्तुमा नियम विपरित बिक्री वितरण नगर्न, कालोबजारी नगर्न आग्रह गरेको छ । विपतको समयमा सबै मिलेर सचेतना र सावधानिक मुलक कार्यक्रमहरु सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । (हिमदुत डटकम)

Facebook Comments Box
TOP