अस्पतालबाटै शिशु अपहरण गर्ने स्याङ्जाकी महिलालाई ५ वर्ष जेल सजाएँकाे फैसला !

पाल्पा: तानसेनको लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु अपहरण गरेर फरार भएकी महिलालाई ५ वर्ष जेल सजाएँ हुने भएको छ । गल्याङ नगरपालिका ५ की ३६ वर्षीया बिमकला पाण्डेलाई बालकलाई बन्धक बनाएको ठहर सहित जिल्ला अदालत पाल्पाले ५ बर्षको कैद फैसला सुनाएको छ ।


जिल्ला अदालत पाल्पाका न्यायधीश खड्क बहादुर केसीको एकल इजलाशले उक्त कैद सहित ५० हजार क्षतिपुर्ति र ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार कृष्ण मुरारी सिग्देलले बताउनुभयो । गत असार २७ गते तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अपहरण गरेको आरोपमा पाण्डेलाई प्रहरीले २८ गते गिरफ्तार गरेको थियो ।
लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा तानसेन नगरपालिका ९ डाँडाडुमकी २२ वर्षीया जमुना रानाले असार २७ गते बिहान ११.५६ मा शिशु (छोरा) नर्मल रुपमा जन्माएकी थिइन् । सुत्केरी जमुनाको रेखदेख गर्न उहाँकी आमा पनि सँगै हुनुहुन्थ्यो ।


सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्यान्टिनमा गएकी थिइन् । उनीसँगै बिमलाले पनि बच्चा काखमा लिएर सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् ।


दिउँसो ३ बजेतिर ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भनेर बिमकलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन् । तर, जमुनाकी आमा सुत्केरी छोरी भएको ठाउँमा पुग्दासमेत ती महिला बच्चा लिएर नपुगेपछि मात्र खोजी सुरु भएको थियो । जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलातिर लागेकी थिइन् ।


बच्चा समातेकी बिमकला बच्चा सँगै लिएर सरासर मुल गेट बाट बाहिरिएर शिशुलाई अपरहण गरि उहाँले स्याङजाको मिर्मी पुरयाइन् । बिमकला कालीगण्डकी ए परियोजनामा सरसरफाई कर्मचारीको रुपमा कार्यरत भएकोले उनी कार्यालयकै क्वाटरमै बस्थिन ।

असार २७ गते साँझ उनले बच्चालाई लिएर क्वाटरमै पुगिन् । अस्पतालबाट बच्चा हराएको खवर सार्वजनिक भएपछि स्थानीयले उनको क्वाटरमा बच्चा रोइरहेको र उनी गर्भवती अवस्थामा पनि नरहेकोले उनले नै बच्चा अपहरण गरि ल्याएको हुन सक्ने भन्दै प्रहरीलाई खवर गरेका थिए । प्रहरीले असार २८ गते शिशुलाई सकुसल उद्धार गरी परिवारको जिम्मा लगाएको थियो । (इरानीमहल डटकमबाट)

Facebook Comments Box
TOP