लकडाउनको मारमा परेका चापाकोटका अतिविपन्न र मजदुरलाई खाद्यान्न बितरणमा तिव्रता ।
आँधीखोला खबर/चापाकोट :
विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश लकडाउन भएको पनि आठौ दिन भईसकेको अवस्थामा दैनिक ज्यालादारी गर्ने तथा विहान बेलुका श्रम गरेर खानेको परिवार दैनिक जीवन सञ्चालनमा समस्या देखिएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिकाले अतिविपन्न र मजदुरका परिवारलाई राहत सामग्री वितरण कार्यलाई तिव्रता दिएको छ ।
चापाकोट नगरपालिकाका प्रमुख शिब कुमार गिरीले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश यतिबेला लकडाउनमा रहेको र अतिविपन्न मजदुरहरुका लागि चापाकोट नगरपालिकाले राहातका कार्यक्रमलाई अगाडि बढाएको बताउनु भयो ।

खानाको अभावमा कुनै पनि चापाकोट नगरबासी समस्यामा पर्न नहुने बताउदै नगरप्रमुख गिरीले नगरपालिका नागरिकको सहज जीवनयापन गराउनका लागि प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
विपत व्यवस्थापन तथा कोरोना रोकथाम तथा राहत कोष स्थापना गरेर नगरवासीलाई सहयोग उपलव्ध गराईएको प्रमुख गिरीको भनाई छ ।
सोमबार मात्रै चापाकोट नगरपालिका वडा नं २ मा ३ घर वडा नं ४ मा २५ घर र वडा नं ६ को केलादी वृद्वाआश्रम र वडा नं ७ मा १ घरका सदस्यका लागि राहत वितरण गरिएको नगरपालिकाका प्रेस सल्लाहकार विश्व प्रकाश भट्टराईले जानकारी दिनु भयो ।
कोरोनाको शंका लागेमा विरामीहरुको नगरपालिकाले निःशुल्क औषधी उपचारको व्यवस्थापन गर्ने र चापाकोट भित्रका नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिनका लागि चापाकोटबासी तथा चापाकोट उद्योग वाणिज्य संघसंग समन्वय गरेर अगाडि वढिएको प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले जानकारी दिनुभयो ।
यस्तै विदेशबाट चापाकोटमा आउनेहरुलाई होम क्यारेन्टाईनमा राखिएको स्वास्थ्य शाखाका प्रमुख बिन्दु कोईरालाले जानकारी दिनुभयो । उहाँले क्वारेन्टाईनमा रहेका ९० जनाको निरन्तर स्वास्थ्य परिक्षण गर्ने काम भईरहेको बताउनु भयो ।

समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


