चापाकाेट : माओवादीबाट मारिएका नेत्र भण्डारीको स्मृतिमा भवन बन्दै
चापाकोट नगरपालिका वडा नम्बर ९ मा बन्न लागेको नेत्र स्मृति भबनको शिलान्यास गरिएको छ । चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले आज एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नु भएको हो । २०५८ साल कार्तिक १९ गतेका दिन चापाकोट नगरपालिका ९ का नेत्र भण्डारीको तत्कालिन बिद्रोही माओवादीबाट हत्या भएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख शिव कुमार गिरीले आगामी दिनमा बिगतको जस्तो द्धन्दको अवस्था कहिले पनि आउन नहुने बताउनु भएको थियो ।

भबन चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको भबन निर्माण समितिका अध्यक्ष हिकरण्यलाल आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस नगर सभापति रामचन्द्र पंज्ञानी , नेपाल कम्युनिस्ट पार्टी चापाकोट का अध्यक्ष सिताराम गैह्रे ,चापाकोट नगरपालिका वडा ९ का वडा अध्यक्ष शंकर भक्त भण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य उत्तम आचार्यले राख्नु भएको थियो भने सञ्चालन रामु बस्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


