चापाकोट नगरपालिकाद्धारा लकडाउनको मारमा परेका समुदायलाई खाद्यान्न बितरण

आँधीखोला खवर/चापाकोट :
चापाकोट नगरपालिकाले बृद्धाश्रमका बृद्धबृद्धा,अति बिपन्न तथा संस्कृत गुरुकुलका बिद्यार्थीहरुलाई खाद्यान्न बितरण गरेको छ । कोरोना भाईरस (कोभिड-१९) को रोकथाम गर्ने उद्देश्यले नेपालमा लकडाउन चलिरहेको अवस्थामा नागरिकको जीविकोपार्जनमा समस्या नहोस भनेर खाद्यान्न बितरण गरिएको नगरप्रमुख शिव कुमार गिरीले जानकारी दिनुभयो ।
नगरप्रमुख गिरीले जनताको साथमा नगरपालिका रहेको भन्दै पालिका भित्र कोही पनि भोकै बस्नु पर्ने अवस्था आउन नदिने बताउनु भयो । स्वास्थ्यकर्मी सहितको टोलि लिएर गाउँ-गाउँ पुग्नु भएका नगरप्रमुख गिरीले कोरोनाकाे रोकथामका लागि नगरपालिकाले बिशेष अभियान नै चलाएको बताउनु भयो ।

नगरपालिकाले चापाकोट -८ मा रहेको मणिमुकुन्देश्वर संस्कृत गुरुकुल,खोरियाघाट स्थित बृद्धाश्रम र दामाचौरका ३ घर अति विपन्न दलित समुदायलाई खाद्यान्न बितरण गरेको हो ।
सो अवसरमा स्वास्थ्य शाखाका प्रमुख बिन्दु कोईराला सहितका स्वास्थ्यकर्मीले बृद्धबृद्धा तथा बिद्यार्थीको स्वास्थ्य परिक्षण समेत गरेका थिए ।
स्वास्थ्यकर्मी सहितको नगरपालिकाको टोली प्रत्येक वडामा पुगिरहेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले नागरिकलाई कुनै समस्या आई नपरोस भन्नेमा आफूहरु सचेत रहेको जानकारी दिनुभयो ।



समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…